spot_img

spot_img

राम-जानकी विवाहपञ्चमी महोत्सव शुरु, यस वर्ष पनि अयोध्याबाट जन्ती नआउने

जनकपुरधाम। राम-जानकी विवाहपञ्चमी महोत्सव जनकपुरधाममा आजदेखि विधिवत शुभारम्भ भएको छ। सात दिन मनाइने यस महोत्सवको आज शुक्रवार पहिलो दिन नगर दर्शन कार्यक्रम रहेको छ।

नगरदर्शनमा भगवान राम र लक्ष्मणको प्रतीकका रूपमा एक जोडा बालबालिकालाई जानकी मन्दिरको प्राङ्गणमा मिथिलानगर बनाएर घुमाइन्छ। आज जानकी मन्दिर प्राङ्गणमा यो कार्यक्रम आयोजन हुने जानकी मन्दिरका सह महन्त रामरोशन दास वैष्णवले जानकारी दिए।

नगरदर्शन हेर्न जानकी मन्दिरमा आजको दिन श्रद्धालुको भीड लाग्ने गर्दछ। दर्शनार्थीहरूले राम लक्ष्मणलाई फूल बर्साएरले स्वागत गर्ने गर्दछन्।

आजदेखि शुरु भएको विवाहपञ्चमी महोत्सव मंसिर २३ गतेसम्म चल्ने छ। भोलि शनिबार फूलबारी लीला, मंसिर १९ गते गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयम्बर र विवाह तथा २३ गते रामकलेवा गरि महोत्सव सम्पन्न हुनेछ।

मंसिर शुक्ल पञ्चमीका दिन त्रेता युगमा भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनामा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव भव्य रुपमा मनाइन्छ।

राम जानकी विवाह मण्डप

जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यो पर्वलाई विशेष महोत्सवका रूपमा मनाउँदै आएका छन्। यो महोत्सवमा नेपाल, भारत लगायत अन्य राष्ट्रका धार्मिक पर्यटक सहभागी हुँदै आएका छन्।

त्रेतायुगमा मिथिला नरेश जनकले छोरी सीताको स्वयम्बरका लागि प्रतिस्पर्धामा राखेका शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा सुपुत्र रामले तीन टुक्रा पारे पछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह भएको सम्झनामा यस महोत्सवको आयोजना हुने गरेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले जनाए।

गोस्वामी तुलसी दासको रामायण अनुसार जनकपुरधामको रंगभूमिमा आयोजना गरिएको सो स्वयम्बरमा ३३ कोटी देवी देवताको उपस्थिति थियो। सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्यरूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमन देखि बिहे सम्म सहभागी हुन्छन्।

यस महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाई लगायत अन्य धर्मावलम्बी पनि सामेल हुने गरेका छन्। महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृति अनुसार तिलकोत्सव, मटकोर, स्वयम्बर र विवाह संस्कार पनि हुने गरेको छ।

पौराणिक व्यवस्था अनुसार राममन्दिरबाट बाजागाजा र झाँकी सहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोलीमा राखी रंगभूमि पु¥याइन्छ। त्यस्तै जानकी मन्दिरबाट सीताको प्रतिमालाई सुसज्जित डोलीमा राखी रंगभूमिमा पुर्‍याइन्छ। रंगभूमिमा स्वयम्बर विधि, परीक्षण र वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृति अनुसार विवाह सम्पन्न गरिन्छ।

विवाहपञ्चमी महोत्सवको तयारीका लागि सम्पन्न सर्वपक्षीय बैठकबाट विभिन्न समिति उपसमितीहरु गठन गरिएको छ। शान्ति शुरक्षा व्यवस्थाको उपसमिति, प्रचार प्रसार व्यवस्था उपसमिति, बजार व्यवस्था, रंगभूमी मा गेट, पंडाल व्यवस्थापन समिति, यातायात व्यवस्था, ट्राफिक व्यवस्थापन, स्वास्थ्य उपचार लगायतका विभिन्न समितिहरू गठन गरिएको मन्दिरका महन्थ दासले बताए।

यस वर्ष पनि अयोध्याबाट जन्ती नआउने

विवाहपञ्चममी महोत्सवमा भारतको अयोध्याबाट जन्ती आउने चलन रहेकोमा केही वर्ष देखि उक्त क्रम रोकिएको र यस वर्ष पनि भारतको अयोध्याबाट औपचारिक रूपमा जन्ती नआउने भएका छन्। तर विधिका लागि केही मात्रामा साधुसन्त तथा महन्थहरू आउने उत्तराधिकारी महन्थ दासले जानकारी दिए। कोरोना संक्रमण फैलिएदेखि अयोध्याबाट विवाहपञ्चमीमा जन्तीहरू आएका छैनन्।

जनकपुरधाममा हुने महोत्सवमध्ये सबैभन्दा ठूलो महोत्सवका रूपमा राम-जानकी विवाह पञ्चमी महामहोत्सव मनाइने गरिन्छ।

विगतका दुई वर्ष कोरोनाले प्रभावित भएको महोत्सव यस वर्ष केही सन्तोषजनक हुने विश्वास गरिएको छ। दुवै देशमा कोरोना अहिले नियन्त्रणको अवस्थामा रहेकाले महोत्सवमा अत्यधिक भीड हुने अनुमान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय,...

हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई पुर्पक्षको लागि...

लामो समयदेखि अल्झिएका जलविद्युत् आयोजना तीव्र गतिमा अघि बढ्ने

काठमाडौँ, २४ माघ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजना तीव्ररूपमा अगाडि बढाउने सरकारको प्राथमिकता रहेको बताएका...

९ किलो गाँजासहित तीनजना पक्राउ

वीरगंज, २३ माघ । जिल्ला प्रहरी कार्यालय, बाराले ९ किलो २ सय ग्राम लागू औषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।...
spot_img
spot_img

सम्बन्धित समाचार

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति १०ः३० बजे इलाका...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्ने बताउनुभएको...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय, अमलेखगंजबाट खटिएको प्रहरी...

हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई पुर्पक्षको लागि थुनामा राखेको जनाएको...

लामो समयदेखि अल्झिएका जलविद्युत् आयोजना तीव्र गतिमा अघि बढ्ने

काठमाडौँ, २४ माघ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजना तीव्ररूपमा अगाडि बढाउने सरकारको प्राथमिकता रहेको बताएका छन्। बुधबार ऊर्जा मन्त्रालयमा...

९ किलो गाँजासहित तीनजना पक्राउ

वीरगंज, २३ माघ । जिल्ला प्रहरी कार्यालय, बाराले ९ किलो २ सय ग्राम लागू औषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । बुधवार बिहान ७ः४०...