एजेन्सी। फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले बेलायती प्रधानमन्त्री बोरिस जोनसोनको तुलना जोकरसँग गरेका छन्। फ्रान्सेली पत्रिका ली केनार्डका अनुसार आक्रोशमा आएर म्याक्रोले यस्तो तुलना गरेका हुन्।
उनले बेलायती प्रधानमन्त्रीको व्यवहार अशिष्ट रहेको समेत आरोप लगाएका छन्।
पत्रले निम्त्याएको विवाद
गत बुधबार शरणार्थी चढेको एक डुङ्गा डुबेको समाचार सार्वजनिक भएपछि दुई नेताबीच फोनमा कुराकानी भएको थियो। यसपछि म्याक्रोले जोनसोनको व्यवहार राम्रो नरहेको गुनासो गरे।
तर दुईबीच विवाद निम्तनुको कारण योमात्रै होइन। यसअघि जोनसोनले म्याक्रोलाई एक चिट्ठी पठाएका थिए। यस चिट्ठीमा जोनसोनले संयुक्त गस्ती गर्ने विषय उल्लेख गरेका थिए,ताकि फ्रान्सको समूद्री तटबाट आउने डुंगाहरुमाथि प्रतिबन्ध लगाउन सकियोस्।
जोनसोनको यस प्रस्तावलाई फ्रान्सले अस्विकार्य ठहर गरेको छ। ”हामी बेलायती प्रधानमन्त्रीको सार्वजनिक पत्रलाई अस्विकार गर्छौं”, फ्रान्सले भनेको थियो। यसपछि विवाद गहिरिएको थियो।
च्यानल क्रसिङको मुद्दालाई समाधान गर्नका लागि पाँच सुत्रिय योजनाको रुपरेखासहितको एक पत्र ट्वीटमार्फत जोनसोनले सार्वजनिक गरेका थिए। यसपछि फ्रान्सेली राष्ट्रपति आक्रोशित भएका थिए। संवाद गर्नुको साटो ट्वीटरमार्फत महत्वपूर्ण मुद्दाहरु सार्वजनिक गरिएको भन्दै उनले आक्रोश जताएका थिए।