एजेन्सी। यो सिजनमा खराब फर्मबाट गुज्रिरहेको म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियम लिगमा चेल्सीसँग बराबरीमा रोकिएको छ।
स्टार स्ट्राइकर रोनाल्डोलाई बेञ्चमै राखेर मैदानमा उत्रिएको म्यानयुको लागि ५० औँ मिनेटमा सान्चोले गोल गरेका थिए। यसपछि खेलको ६९ औँ मिनेटमा घरेलु टोली चेल्सीले पेनाल्टीबाट गोल फर्कायो। पेनाल्टीको सदुपयोग गर्दै जोर्जिनोले गोल गरेका थिए।
बराबरीपछि १३ खेलबाट ३० अंक जोड्दै चेल्सी लिगको शीर्षस्थानमा कायमै छ। यस्तै युनाइटेड १३ खेलबाट १८ अंकसहित आठौं स्थानमा छ।
प्रिमियम लिगकै अर्को खेलमा म्यानसिटीले वेस्ट ह्यामलाई २-१ ले हरायो। सीटीको जितमा गुन्डुगान र फर्नान्डिनोले १-१ गोलको योगदान दिएका थिए।
जितपछि १३ खेलबाट २९ अंकसहित सीटी दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा रहेको लिभरपुलको २८ अंक छ।