spot_img

spot_img

कैलालीमा धान खरिदमा ढिलाइ, सस्तोमा बिक्री गर्न बाध्य

धनगढी। हिउँदे बाली लगाउने समय घर्किरहेको बेलासम्म धान खरिद नहुँदा कैलालीका किसान समस्यामा परेका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिदमा ढिलाइ गरिरहेका कारण किसान समस्यामा परेका हुन्।
धान बिक्री नहुँदा किसानसँग पैसा अभाव छ। जसकारण उनीहरूले हिउँदेबालीको खेतीका लागि आवश्यक कृषि सामग्री जुटाउन सकिरहेका छैनन्। त्यसो त, यो वर्ष किसानसँग धेरै धान पानी छैन। भएको धान पनि कमसल छ।

गत कार्तिक पहिलो साता आएको बेमौसमी बाढीले किसानको धानबालीमा ठूलो क्षति गरेको थियो। उनीहरूले बाढीबाट जेनतेन जोगाएको धान पनि बिक्री गर्न पाइरहेका छैनन्। खाद्य व्यवस्था तथा कम्पनी लिमिटेडले धान खरिद सुरु नगर्दा समस्यामा रहेको भजनी नगरपालिका–७ लालबोझीका कृषक खोजराम चौधरीले बताए।

कम्पनीले अहिलेसम्म धान खरिद नगरेपछि किसानहरू निकै सस्तोमा व्यापारीलाई धान बिक्री गर्न बाध्य रहेको बताए। ‘‘काम नचलेपछि बाध्य भएर कतिपय किसानले व्यापारीलाई धान बिक्री गरिरहेका छन्’’, उनले भने ‘‘धेरै जसो किसानसँग त यो वर्ष धान नै छैन। के खाने भन्ने नै चिन्ता छ।’’

बेमौसमी बाढीले धेरैजसो किसानको धानबाली बगाएको थियो। केही हदसम्म बचेको धान पनि भिजेका कारण खेतमै उम्रिएको थियो। धानबाली बिग्रेपछि पुर्पुरोमा हात राखेका किसान अहिले हिउँदे बालीको खेतीका लागि आवश्यक सामग्री जोहो गर्न नसक्दा झनै समस्यामा परेका छन्।

माथिबाट परिपत्र नआएकाले अहिलेसम्म धान खरिद गर्न नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख एन्जिला बस्नेतले बताइन्। उनले सम्भवतः यही हप्ताभित्रै परिपत्र आउने उल्लेख गरिन। ‘‘के कति किन्ने भनेर हामीलाई माथिबाटै परिपत्र आएको छैन। त्यसैले धान खरिदको कार्य सुरु हुन सकेको छैन’’, उनले भनिन् ‘‘सकेसम्म यही हप्ताभित्रै परिपत्र आउने भन्ने कुरो भएको छ।’’

गत वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा आठ ठाउँमा काँटा लगाएर धान खरिद गरेको थियो। यस वर्षको कोटा पनि थाहा नभएकाले कति ठाउँमा काँटा लगाएर धान खरिद गर्ने भन्ने कुराको पनि यकिन हुन सकेको छैन। धान खरिदको कोटा आएपछिमात्रै कति ठाउँमा काँटा लगाउने भन्ने कुराको निर्क्योल गर्न सकिने प्रमुख बस्नेतको भनाइ छ।

यस वर्ष धान कमसल छ। त्यसैले सबै धान कम्पनीले पनि किन्न सक्ने अवस्था देखिदैंन। माथिल्लो निकायले गुणस्तरयुक्त धान खरिद गर्ने मापदण्ड बनाएकाले मापदण्डभित्र परेका गुणस्तरीय धान मात्रै खरिद गर्ने प्रमुख बस्नेतले बताइन्। ‘‘हामीसँग गुणस्तर नाप गर्ने प्राविधिक छन्। गुणस्तर जाँच गरेर मापदण्डभित्र परेका धान समर्थन मूल्यमै खरिद गर्नेछौँ’’, उनले भनिन्। उनले कम्पनीले गुणस्तरयुक्त चामलका लागि राम्रो धान मात्रै खरिद गर्ने बताइन्। उनले भनिन् ‘‘कमसल धान भाउ घटाएर किन्ने भन्ने हुँदैन। हामीले सरकारको समर्थन मूल्यमै किन्ने हो। तर, गुणस्तर जाँच गरेर मापदण्डभित्र परेका धान मात्रै खरिद गर्नेछौँ।’’

गत वर्ष कम्पनीले यो प्रदेशमा ६५ हजार क्वीन्टल धान खरिदको कोटा पाएको थियो। संस्थानले कैलालीको मोहनपुर, टीकापुर, भजनी लगायतको क्षेत्रमा काँटा लगाएर धान खरिद गर्दै आएको छ।

सरकारी निकायले धान खरिद सुरु नगर्दा कतिपय किसानले निकै सस्तोमा व्यापारीहरूलाई धान बिक्री गरिरहेका छन्। यस वर्ष धान कमसल रहेका कारण व्यापारीले पनि थोरै मात्रामा किनिरहेका छन्। कतिपय किसानले बिक्रीका लागि ल्याएको धान फिर्तासमेत पठाइरहेको उनीहरूको भनाइ छ।

धनगढीमा हरेक वर्ष काँटा लगाएर धान खरिद गर्दै आएका व्यवसायी चेतराम चौधरीले यस वर्ष आफूले पुरानो सम्बन्धका आधारमा मात्रै धान खरिद गरिरहेको बताए। ‘‘बिग्रेको धान खरिद गर्न सकिन्न’’, उनले भने ‘‘कतिपय इष्टमित्र, आफन्त र पुराना सम्बन्ध भएका किसानको मात्रै मैले यस वर्ष धान किनिरहेको छु। अरू आएको धान पनि फिर्ता पठाइरहेको छु।’’ उनले अघिल्ला वर्षमा २० हजार बोरा धान खरिद गर्दै आएका थिए। तर, यो वर्ष त्यसको आधा पनि खरिद गर्न नसक्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका...

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ...

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय,...
spot_img
spot_img

सम्बन्धित समाचार

५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका प्रहरी कार्यालय अमलेखगंजबाट...

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ हटाउने मानसिकताका कारण...

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत कार्यक्रम गरेको छ...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति १०ः३० बजे इलाका...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्ने बताउनुभएको...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय, अमलेखगंजबाट खटिएको प्रहरी...