spot_img

spot_img

एमाले महाधिवेशन : एसपीको कमाण्डमा नेपाल प्रहरी, एम्बुलेन्सलगायतका अत्यावश्यक गाडी चल्न पाउने

वीरगञ्ज, ८ मङ्सिर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन भोलिदेखि चितवनमा सुरु हुँदै छ । महाधिवेशन लक्षित पूर्वाधार निर्माण र प्रचारप्रसारसँगै सुरक्षा व्यवस्थालाई चुस्त पारिएको छ ।

महाधिवेशन उद्घाटनका दिन लाखौँ जनता सहभागी हुने भएकाले सुरक्षा र ट्राफिक व्यवस्थापनमा कठिनाई हुने देखिन्छ । महाधिवेशनमा सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीको कमाण्डमा प्रहरी खटिँदै छन्।

महाधिवेशन उद्घाटनस्थल देखि बन्दसत्र हुने सौराहासम्म गरि एक हजार ४५५ भन्दाबढी सुरक्षाकर्मी खटाइने चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । नेपाल प्रहरी ८२१, शसस्त्र प्रहरी ४४९, ट्राफिक प्रहरी १८५ जना र अनुसन्धान विभागका कर्मचारीहरु खटिने उनले बताए । जिल्लाका सुरक्षाकर्मी अपुग हुने देखिएपछि बागमती प्रदेशबाट करिब सात सय सुरक्षाकर्मी थप गरिएको हो ।

महाधिवेशन उद्घाटनका दिन भरतपुर र नारायणगढ क्षेत्रको मुख्य सडकमा सवारी साधन चल्न पाउँदैनन् । महाधिवेशनमा सहभागी हुनेहरु समेत पैदल हिँडेर महाधिवेशन स्थलसम्म पुग्ने भएकाले ट्राफिक व्यवस्थापनमा कठिनाई हुने देखेर ‘नो भेइकल जोन’ बनाइएको उनले बताए। एम्बुलेन्स, दमकललगायतका अत्यावश्यक सवारी साधनलाई भने व्यवस्थापन गरिने उनको भनाइ छ ।

‘हामीले अत्यावश्यक सवारी साधन चल्ने भनेकै छौँ । एम्बुलेन्स हुन्छ, दमकल हुन्छ । विभागका गाडी, आकस्मिक रुपमा विदेश जानुपर्ने भएका मान्छेहरु हुन सक्छन् । मृत्यु संस्कारका मान्छेहरु हुन सक्छन् । ब्रतबन्धसँग सम्बन्धि जस्ता अत्यावश्यक सवारी साधनहरु चाँहि नारायणी पुल क्लियर गरेर पुलचोकबाट शिवघाटतर्फ जानेबाटोमा डाइभर्सनगरेर पूर्व र काठमाडौँ जान मिल्ने बनाउछौँ’, उनले भने ।

पश्चिमबाट आउने त्यस्ता गाडी र पूर्वबाट आउने विरामी बोकेका एम्बुलेन्सलगायतका अत्यावश्यक गाडीलाई बाइपास सडक हुँदै काठमाडौँ, पोखरातर्फ जाने मिल्ने बनाइएको उनले जानकारी दिए । मुख्य राजमार्गमा एम्बुलेन्ससमेत चल्न नदिने भएको भनि समाचार आएपछि जिल्ला सुरक्षा समिति र एमालेको आलोचना भएको थियो ।

पूर्वबाट आएका गाडीलाई केन्द्रिय बसपार्क भरतपुरमा पार्किङ गरिने छ । त्यहाँ नआएका सवारी साधनलाई बसपार्कबाट गोन्द्राङतर्फ जाने पूर्व–पश्चिम राजमार्गको एकतर्फिमा पार्किङ गर्ने योजना छ । मुग्लिनतर्फबाट आएका गाडीलाई आँपटारीमा र पश्चिमबाट आएका गाडीलाई गैंडाकोटतर्फ नै पार्किङ गरिने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

गढीमाई मेलाबाट फर्केको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु

बारा, २५ मंसिर । बाराको पञ्चवर्षीय गढीमाई मेला हेरेर सिरहा फर्किदै गरेको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दर्शनार्थी चढेको...

करोडौंले गरे गढीमाई मेलाको दर्शन, बलि स्थान दुर्गन्धितरहित बनाउन कार्य जारी

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको झण्डै दुई करोडले अवलोकन गरेका छन् । मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख...

जिप्रका, पर्साद्वारा रवि लामिछानेको बयान लिने तयारी

वीरगंज, २४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले रास्वपा सभापति रवि लामिछानेको बयान लिने तयारी गर्दैछ । सोमवार पर्सा प्रहरीले उनलाई...

घरघरमा स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध – मन्त्री यादव

दमक (झापा), २४ मंसिर (रासस)। सङघीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार...

गढीमाई मेलामा बोकाको बलि दिनेहरुको कारण ट्राफिक अस्तव्यस्त

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको सोमवार बोकाको बलि दिइँदैछ । बोकाको बलि चढाउन नेपाल–भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन गढीमाईमा...

महागढीमाई मेलामा नेपाल–भारतका लाखौं दर्शनार्थीहरु

बारा, २२ मंसिर । विश्वप्रसिद्ध महागढीमाई मेलामा नेपाल–भारतका लाखौं दर्शनार्थीहरुले मेला भर्न थालेका छन् । प्रतिदिन भारतको विभिन्न नाका तथा नेपालभरिबाटै...
spot_img
spot_img

सम्बन्धित समाचार

गढीमाई मेलाबाट फर्केको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु

बारा, २५ मंसिर । बाराको पञ्चवर्षीय गढीमाई मेला हेरेर सिरहा फर्किदै गरेको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दर्शनार्थी चढेको बा १६ च...

करोडौंले गरे गढीमाई मेलाको दर्शन, बलि स्थान दुर्गन्धितरहित बनाउन कार्य जारी

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको झण्डै दुई करोडले अवलोकन गरेका छन् । मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले गढीमाई...

जिप्रका, पर्साद्वारा रवि लामिछानेको बयान लिने तयारी

वीरगंज, २४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले रास्वपा सभापति रवि लामिछानेको बयान लिने तयारी गर्दैछ । सोमवार पर्सा प्रहरीले उनलाई कडा सुरक्षाबीच पर्सा...

घरघरमा स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध – मन्त्री यादव

दमक (झापा), २४ मंसिर (रासस)। सङघीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार प्रयत्नशील रहेको बताउनुभएको...

गढीमाई मेलामा बोकाको बलि दिनेहरुको कारण ट्राफिक अस्तव्यस्त

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको सोमवार बोकाको बलि दिइँदैछ । बोकाको बलि चढाउन नेपाल–भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन गढीमाईमा आउने क्रम जारी...

महागढीमाई मेलामा नेपाल–भारतका लाखौं दर्शनार्थीहरु

बारा, २२ मंसिर । विश्वप्रसिद्ध महागढीमाई मेलामा नेपाल–भारतका लाखौं दर्शनार्थीहरुले मेला भर्न थालेका छन् । प्रतिदिन भारतको विभिन्न नाका तथा नेपालभरिबाटै महागढीमाईको मेला भर्न...