काठमाडौं। इंग्लिस क्लब चेल्सीले सिरी ए क्लब युभेन्ट्समाथि शानदार जित दर्ता गरेको छ।
च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले ४-० गोल अन्तरको जित निकालेको हो। जितसँगै उसले अन्तिम १६ मा स्थान बनाएकाे छ।
चेल्सीको जितमा ट्रिभोअ चालोवाह, रिस जेम्स, कलुम हड्सन ओडोइ र टिमो वेर्नरले गोल गरे।
जितसँगै चेल्सीले समूह एचमा पाँच खेलबाट ४ जितसहित १२ अंक बटुलेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।
समान खेलबाट समान अंक बटुलेको युभेन्ट्स दोस्रो स्थानमा छ।
We’re in! 👊#CheJuv pic.twitter.com/VMFdbZByYK
— Chelsea FC (@ChelseaFC) November 23, 2021