काठमाडौं। क्रिस्टियानो रोनाल्डो प्रेरित म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ।

गएरातिको खेलमा भिल्लारियललाई २-० गोल अन्तरले पराजित गर्दै युनाइटेडले अन्तिम १६ मा स्थान बनाएको हो।

भिल्लारियलको मैदानमा युनाइटेडका लागि रोनाल्डो र जाडोन सान्चोले गोल गरे। भिल्लाविरुद्धको गोलसँगै रोनाल्डोले व्यवसायिक खेल करिअरमा ७९९ गोल गरेका छन्।

प्रशिक्षक ओले गुनार सोल्सायरलाई बर्खास्त गरेको युनाइटेड सहायक प्रशिक्षक माइकल क्यारिकको नेतृत्वमा मैदान उत्रिएको थियो।

समूह एफमा १० अंकसहित युनाइटेड शीर्ष स्थानमा छ। ७ अंक जोडेर भिल्लारियल दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय