काठमाडाैँ। शिवम् सिमेन्टले तनहुँको आबुखैरेनी, मुग्लिङ, डुम्रे, दमौली र गोरखाका २६० जना निर्माणकर्मीहरूसँग परामर्श तथा अन्तर्क्रिया गरेको छ। सो अन्तर्क्रिया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै २६० निर्माणकर्मीहरुको लागि ५ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गरेको छ।
दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरू हरेक दिन जोखिमपूर्ण कार्यहरू गर्दै आइरहेका हुन्छन्। उक्त जोखिमलाई मध्यनजर राख्दै निःशुल्क दुर्घटना बीमा योजना ल्याएको शिवम् सिमेन्टले जनाएको छ। यसअघि पनि शिवम् सिमेन्टले देशका विभिन्न स्थानमा अन्तरक्रिया कार्यक्रम गरिसकेको छ। सो कार्यक्रमबाटै धेरै संख्याका निर्माणकर्मीलाई ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बीमा गरिसकेको छ। पहिलो चरण अन्तर्गत भाद्र तथा असोज महिनामा काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्लालगायतका विभिन्न १६ स्थानमा १ हजार भन्दा बढी निर्माणकर्मीको बीमा गराएको थियो।
अन्तरक्रियामा शिवम् सिमेन्टले सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रियाका बारेमा जानकारी गराउँदै आएको छ। निर्माणकर्मीलाई दिनहुँ आई पर्ने निर्माण सम्बन्धी समस्याहरूको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराएको छ।
कार्यक्रममा सम्बन्धित क्षेत्रका शिवम् सिमेन्टका वितरकहरू, उद्योगी, व्यवसायीलगायतका उपस्थिति थियो। शिवम् सिमेन्टले आगामी दिनहरूमा पनि शिवम् सिमेन्टका विक्रेताहरूसँगको समन्वयमा अन्तरक्रिया तथा निःशुल्क बीमा कार्यक्रम निरन्तर संचालन गर्ने कम्पनीले जनाएको छ।
“भरोसा अटुट सम्बन्धको”, “गुणस्तरको पहिचान हो शिवम्”, “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” तथा क्वालिटीको मामलामा नो कम्परमाइज जस्ता मूल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्टले गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्रीपछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ।
