वीरगञ्ज, ८ मंसिर । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर १० मा नालामा डुबेर दुई बर्षीय बालकको मृत्यु भएको छ ।

देवापूर टेटामा मङ्गलबार बिहान स्थानीय राजु ठाकुरका दुई बर्षीय छोटा मनिष ठाकुरको नालामा डुबेर मृत्यु भएको हो ।

ठाकुरको घर अगाडी निर्माण गरिएको नालामाथि स्लेब नराख्दा ति बालक लडेर उक्त नालामा डुबेको प्रहरीले जनाएको छ । बालकका अभिभावकले बच्चा घरमा नभेटिए पछी खोजतलास सुरु गरेका थिए । त्यही क्रममा मङ्गलबार बिहान ११ बजे नालाको पानीमा तैरिरहेको अवस्थामा बालको शव फेला परेको स्थानीयले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय