काठमाडौं। नेपाल बार एशोसिएशनले उच्च अदालत र उच्च अदालतका क्षेत्राधिकार रहेका अदालतका बार एकाइमा गर्न लागेको वृहत् विरोध सभामा केन्द्रीय प्रतिनिधि पठाएको छ।

बुधबार बारले विरोध सभा आयोजना गर्न प्रतिनिधि तोकेको हो। बारले उच्च अदालत बार पाटनमा विरोध सभा आयोजना गर्न बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, कोषाध्यक्ष रुद्रप्रसाद पोख्रेल, केन्द्रीय सदस्य प्रकाश महर्जन, बारका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारी लगायत सात जनालाई जिम्मेवारी दिएको छ।

उच्च अदालत बार सुर्खेतमा बारका उपाध्यक्ष रक्षा बस्याल लगायत तीन पदाधिकारी, उच्च अदालत बार जुम्लामा बारका उपाध्यक्ष मिनबहादुर महत, उच्च अदालत बार दिपायलमा बारका पूर्व उपाध्यक्ष अधिवक्ता राजेन्द्र बहादुर साउँद, उच्च अदालत बार महेन्द्रनगरमा उपाध्यक्ष उमेशप्रसाद विष्ट, उच्च अदालत बार तुल्सीपुरमा उपाध्यक्ष ईश्वरी प्रसाद भट्टराई, उच्च अदालत बार नेपालगञ्जमा उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ र बागलुङमा उपाध्यक्ष सुरेन्द्र थापामगरलाई जिम्मेवारी दिएको छ।

साथै उच्च अदालत बार पोखरामा बारका पूर्व अध्यक्ष शम्भु थापा, उच्च अदालत बार बुटवलमा पूर्व उपाध्यक्ष घनश्याम पन्त, उच्च अदालत बार ओखलढुंगामा केन्द्रीय सदस्य गंगासागर खत्री र उच्च अदालत बार हेटौंडामा पूर्व महासचिव विजयप्रसाद मिश्रलाई तोकिएको छ।

बारले उच्च अदालत बार वीरगञ्जमा पूर्व अध्यक्ष हरिहर दाहाल, उच्च अदालत बार जनकपुरमा महासचिव लीलामणि पौडेल, उच्च अदालत बार राजबिराजमा उपाध्यक्ष रामचन्द्र सिंह राजपूत, उच्च अदालत बार बिराटनगरमा पूर्व उपाध्यक्ष टीकाराम भट्टराई, उच्च अदालत बार धनकुटामा उपाध्यक्ष मानबहादुर रुम्दाली र उच्च अदालत बार इलाममा पूर्व उपाध्यक्ष डा कुमार शर्मा आचार्यलाई खटाएको छ।

No description available.

No description available.

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय