सप्तरी । पछिल्लो समयमा सप्तरीका सीमावर्ती क्षेत्रको कुशहा, बेल्ही, मल्हनीया, धाती लगायतका नाकाहरु मा तस्करी फष्टाउंदै गएको छ ।
नेपालबाट बिहार तर्फ मदिरा पुयाउने कपडा र किराना सहितका विभिन्न समानहरु भारतबाट नेपाल भित्रियाउने अवैध कारोबार ह्वात्तै बढेको हो । कुशहा स्थित सशस्त्र प्रहरी बल बेस क्याम्प सहितका सो क्षेत्रमा रहेको नेपाल प्रहरी चौकीकै संरक्षणमा सो तस्करी फष्टाउंदै गएको स्रोतको दाबी छ । भारत तर्फ मदिराको तस्करी गर्नेहरुले नेपाल प्रहरी तथा शसस्त्र प्रहरी क्याम्पमा महिनाबारी नै बुझाउने गरेका छन । चौकीले एक जना तस्करसंग ५ हजार देखि १० हजार सम्म मासिक बुझाउने गरेको स्रोतले जनाएको छ । तस्करहरुले प्रहरीहरुसंग सांठगांठ गरी खुलेआम म्याजिक,टेम्पुको डिकी, मोटर साइकलले भारत पर्फ मदिराको पु¥याउने गरेका छन् भने भारतबाट भन्सार छलेर विभिन्न सामानहरु ल्याउने गरेको स्थानीयवासीहरुले बताए । प्रत्यक्षदर्शीहरुका अनुसार भन्सार कार्यालयले राजस्व संकलनको नीतिमा कडाइ गरेपछि लुकाई छिपाइ हुने गरेको तस्करी प्रहरीको संरक्षणमा संस्थागत बन्दै गएको स्थानीयवासी रामलोचन यादवले गुनासो गरे । यता इलाका प्रहरी कार्यालय महुवाहा बेल्हीका, इलाका प्रहरी कार्यालय मल्हनिया, तथा इलाका प्रहरी कार्यालय धाँतीका प्रमुखहरुले यस क्षेत्रबाट कुनै किसिमको अबैध करोबार नहुने गरेको भन्दै अनभिज्ञता प्रकट गरेका छन् । यता सशस्त्र प्रहरी बल बेश क्याम्प कुशहाका सशस्त्र प्रहरी निरीक्षकसंग यस सम्बन्धमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।