spot_img

spot_img

एनआरएनएको निर्वाचन संरक्षक परिषद्ले गराउने निर्णय, एनसीसीले गरे स्वागत

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेशनबारे अन्योल कायमै रहँदा परराष्ट्र मन्त्रालयले संघको विधानअनुसार निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई दिएको छ।

कुमार पन्तले नेतृत्व गरेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को कार्यकाल गत १ कात्तिकमा सकिएको थियो। संघमा विवाद भएपछि परराष्ट्र मन्त्रालयले निर्वाचन गराउन संरक्षक परिषद्लाई जिम्मा दिएको हो।

विभिन्न राष्ट्रिय समन्वय परिषद् र अन्तर्राष्ट्रिय समन्वय परिषद्का केही पदाधिकारीले महाधिवेशन प्रतिनिधि चयन विधानविपरीत अलग–अलग मापदण्डमा गरिएको भनी परराष्ट्र मन्त्रालयमा उजुरी गरेका थिए। त्यसबारेमा छानबिन गर्न मन्त्रालयले छानबिन समिति गठन गरेको थियो।

मन्त्रालयका अनुसार एनआरएनए विधान र परम्परा, अध्यक्ष कुमार पन्त र पूर्वअध्यक्षको धारणा तथा विभिन्न देशमा भएका अनियमितताको छानबिन गरी समितिले प्रतिवेदन बुझाएको थियो। गत हप्ता पन्तलगायतको टोलीलाई परराष्ट्रमन्त्री डा.नारायण खड्काले उजुरीकर्ताको राय र छानबिन समितिको प्रतिवेदनअनुसार निर्णय दिने बताएका थिए।

अध्यक्ष पन्तले शुक्रबार विज्ञप्ति जारी गरी आउँदो १५ डिसेम्बरमा संघको निर्वाचन गराउने तथा १९ र २० डिसेम्बर मा काठमाडौंमा महाधिवेशन गराउने जानकारी दिएका थिए।

संघको महाधिवेशन र निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई दिने परराष्ट्रको निर्णयको केही राष्ट्रिय समन्वय परिषद् (एनसीसी)ले स्वागत गरेका छन्। सोमबार आठ देशका राष्ट्रिय समन्वय परिषद् (एनसीसी)ले परराष्ट्रको निर्णयको स्वागत गरेका छन्।

गत महीना सम्पन्न एनसिसीको पहिलो विश्व भेलाका आयोजकमध्ये एक एनसीसी बेलायतका अध्यक्ष प्रेम गाहामगरले २०१९–२१ को कार्यसमितिले महाधिवेशन गराउन असमर्थ रहेको अवस्थामा विधानमा व्यवस्था भएअनुसार संरक्षक परिषद्लाई महाधिवेशन गराउन जिम्मा दिनु अहिलेको अवस्थामा उत्तम विकल्प भएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् ।...

पर्सामा हावाहुरीले व्यापक क्षति

वीरगंज, १७ जेष्ठ । हावाहुरीका कारण पर्सामा व्यापक क्षति भएको छ भने एक जना बृद्धको मृत्यु भएको छ । एनसेलको टावर...

१६ पटक असफल भएका ‘‘पप्पु’’ बने ‘‘इन्स्पेक्टर’’

वीरगंज, १५ जेठ । भनिन्छ; धैर्यता र लगनशीलता नै सफलताको पाटो हो । दृढ अठोटका साथ सङ्कल्प गरे कुनै पनि लक्ष्य...
spot_img
spot_img

सम्बन्धित समाचार

राष्ट्रि्य युवा संघ नेपाल का धोबिनी गाउँपालिका अध्यक्ष मिरोज समानीले पार्टी परित्याग गरेका छन्

पर्सा । युवा नेता तथा राष्ट्र्यि युवा संघ नेपालका महाधिवेशन प्रतिनिधि एवं गाउँपालिकाका अध्यक्ष समेत रहेका मिरोज समानीले पार्टी परित्याग गरेका छन् । अध्यक्ष...

नेपाल रेडक्रस सोसाइटी को उपशाखा महुवन पर्सा को बर्षीक सधारन सभा अध्यक्ष – यादव दव्रा उधघाटन सम्पन्न 

नवल यादव । २१ पुस बिरगंज ।   नेपाल रेडक्रस सोसाइटी उप शाखा महूवन पर्सा को बार्षिक साधारण सभा को सभापति जदु साह तेली को अध्यक्षता...

समाजबादी विद्यार्थी युनियन नेपाल , पर्सा जिल्ला कार्य समिति पुनर गठन

समाजबादी विद्यार्थी युनियन नेपाल , पर्सा जिल्ला कार्य समिति पुनर गठन भएको छ। सो कार्यक्रमको प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य फिरोज मन्सुर,बिष्टि अतिथि राजनीतिक...

राष्ट्रिय सरोकार मञ्च नेपाल पर्सा विघटन

वीरगंज, १३ मंसिर । राष्ट्रिय सरोकार मञ्च, नेपाल नारायणी अञ्चलले प्रेस विज्ञप्ति जारी गरी पर्सा जिल्ला कार्यसमिति बिगटन गरेको जनाएको छ । मञ्चका नारायणी संयोजक...

सिम्रौनगढको २० स्थानमा लगाइएको गाँजा खेती फडानी

वीरगंज, १३ मंसिर । सिम्रौनगढको २० स्थानको १२ कठ्ठा जग्गामा लगाइएको गाँजा खेती प्रहरीले आज बिहान फडानी गरेर नष्ट गरेको छ । बुधवार बिहान ८ः३०...

बस दुर्घटना : २ जनाको मृत्यु, ३४ जना घाइते

१३ मङ्सिर, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ । धरानबाट पोखरातर्फ...