काठमाडौं। स्पेनका युवा स्टार पेड्रीले गोल्डेन ब्वाई हवार्ड हात पारेका छन्। युरोपियन क्लब फुटबलमा २१ वर्षभन्दा कमका उत्कृष्ट खेलाडी बन्दै पेड्रीले अवार्ड हात पारेका हुन्।

क्याटलान जायन्ट बार्सिलोनाको मिडफिल्ड सम्हाल्दै आएका १८ वर्षीय पेड्रीले बोरुसिया डर्टमण्डबाट खेल्दै आएका इंग्ल्याण्डका जुड बेलिङघमलाई पछि पारे ।

पेड्रीले अवार्ड जित्ने क्रममा कीर्तिमानी १९९ अंक पाएका थिए। २०२० मा बार्सा आएका पेड्रीको रिलिज क्लज क्लबले ८४६ मिलियन युरो तोकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय