काठमाडौं। काठमाडौं महानगरपालिकाले काठमाडौंका प्रमुख चार नाका कलैकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोंगबुमा कोरोनाविरुद्धको खोप लगाउन शुरु गरेको छ। महानगरपालिकाले आइतबारदेखि आगामी एम महीना (पुस ५)सम्मका लागि नाकालक्षित खोप अभियान शुरु गरेको होर

काठमाडौं प्रवेश गर्ने १८ वर्ष उमेर पूरा भएका सबै नागरिकलाई उमेर खुलेको प्रमाणपत्रका आधारमा खोप दिइने महानगरपालिकाले जनाएको छ। कार्यक्रममा महागर प्रमुख विद्यासुन्दर शाक्यले नागरिकको स्वास्थ्य सुरक्षामा आफू सँधैं जिम्मेवार रहेको बताए ।

कोरोनाको दोस्रो लहरको समयमा पनि कामपाले काठमाडौं उपत्यकाको सरकारी र सामुदायिक गरी १२ अस्पताललाई कोभिडविरुद्ध उपचार गर्नका लागि विभिन्न औजार, उपकरण, सामग्री तथा स्रोत परिचालनमा सहयोग गरेको कार्यक्रममा प्रमुख शाक्यले बताए ।

कामपा स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले निर्धारण गरिएका चारवटै खोप केन्द्रबाट भेरोसेल, कोभिसिल्ड/एस्ट्राजेनिका खोप उपलब्ध हुने जानकारी दिए । यससँगै महानगरका ३२ वटै वडामा यसअघि तोकिएको खोप केन्द्रबाट मङ्सिर ७ र ८ गते कोभिडविरुद्धको पहिलो र दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन हुनेछ ।

यसमा १८ वर्ष उमेर समूहमाथिका र यसअघि खोप लगाउन छुटेका सबै नागरिक, पहिलो मात्रा लगाएर आठ हप्ताको समय कटिसकेकालाई दोस्रो मात्रा दिइने स्वास्थ्य विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय