काठमाडौं। साविक विजेता मच्छिन्द्र क्लबले जितसहित शहीद स्मारक ए डिभिजन लिगको यात्रा शुरु गरेको छ।

दशरथ रंगशालामा आज भएको खेलमा मच्छिन्द्रले न्यूरोड टिम, एनआरटीलाई २-१ गोल अन्तरले पराजित गर्यो। उसका लागि दुवै गोल सुनिल बलले गरे।

खेलको ११ औँ मिनेटमै बलले गोल गर्दै टिमलाई अगाडि बढाएर। तर, ५४ औँ मिनेटमा एरिक विष्टले गोल गर्दै एनआरटीलाई खेलमा फर्काए।

फेरि खेलको ८० औँ मिनेटमा व्यक्तिगत तथा टोलीको लागि दोस्रो गोल गर्दै बलले मच्छिन्द्रलाई जित दिलाए। उनी म्यान अफ द म्याच घोषित भए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय