spot_img

spot_img

फिल्म फेस्टिभल गर्दै अस्कर कलेज

काठमाडौ– नेपालमा फिल्म पढाउने पहिलो कलेजको रुपमा स्थापित अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज)ले चलचित्र विकास बोर्डसँग सहकार्य गर्दै दुई दिवसिय फिल्म फेस्टिभल गर्ने भएको छ । कलेजले आउँदो मंसिर १० र ११ गते चलचित्र विकास बोर्डको हलमा फिल्म फेस्टिभल गर्न लागेको हो ।

कलेजका प्रिन्सिपल रामराजा दाहालले अस्कर कलेजले केही वर्षअघिदेखि गर्दै आएको फेस्टिभललाई निरन्तरता दिने उद्देश्यले आउँदो शुक्रबार र शनिबार फेस्टिभल गर्न लागेको बताए । ‘गत साल पनि हामीले महामारीकै बीचमा पनि भर्चुअल माध्यममा भए पनि फेस्टिभल गरेका थियौँ । महामारीका कारण मृतप्रायः रहेको उद्योगलाई गतिशील बनाउन यो फेस्टिभलले महत्वपूर्ण भूमिका खेलेको प्रतिक्रिया पाएका थियौँ,’ उनले भने, ‘ त्यही प्रतिक्रियाले उत्साहित भएर यो साल पनि निरन्तरता दिएका हौँ ।’

दाहालका अनुसार फेस्टिभलमा कलेजका विद्यार्थीले बनाएका फिल्मसँगै विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छानिएका फिल्म पनि देखाइनेछ । कलेजको संलग्नतामा निर्माण भएका र फेस्टिभलमा स्क्रिनिङ हुने फिल्म पनि विश्वका धेरै फेस्टिभलमा छानिएका फिल्म हुन् ।

नियमित फिल्म प्रदर्शनसँगै फेस्टिभलमा नेपाली सिनेमासम्बन्धी विभिन्न विषयमा छलफल पनि समानान्तर रुपमा चल्नेछन् । छलफलका विषय र सहभागी केही दिनमै टुंगो गरेर सार्वजनिक गर्ने दाहालले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

वीरगंजको भाटभटेनीमा म्याद गुज्रेका सामान बिक्री, ५ हजार जरिवाना

वीरगन्ज, ३० भदौं । वीरगंजको भाटभटेनी सुपर मार्केटमा म्याद गुज्रेका खाद्यान्न सामग्री फेला परेपछि पाँच हजार जरिवाना गरिएको छ । आइतवार...

“ओजन फर लाइभ” शीर्षक वक्तृत्वकला प्रतियोगीतामा को–को विद्यार्थीहरु उत्कृष्ट ?

वीरगंज, २९ भदौ । “ओजन फर लाइभ” शीर्षक वक्तृत्वकला प्रतियोगीतामा गौतम माध्यामिक विद्यालयका स्पन्दन चौधरी प्रथम, आनन्द चौधरी द्वितीय र माइस्थान...

हिन्दूको भावना विपरीत संविधान संशोधन गरिए मान्य हुँदैन : विश्व हिन्दू महासंघ 

काठमाडौँ/देशमा बढ्दै गएको धर्मान्तरण तथा धार्मिक सांस्कृतिक अतिक्रमण, कला संस्कृति, पहिचान र राष्ट्रिय एकतालाई खण्डित हुने कार्य बढ्दै गएपछि त्यसको विरोध...

राष्ट्रिय स्वतन्त्र पार्टी छिपहर माईद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

बीरगञ्ज २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी छिपहरमाई गाउपालिकाले श्री नवगवा माधमिक बिधालय चरगाहा वाड २ र श्री...

विश्व हिन्दू महासंघले शुक्रबार काठमाडौँमा प्रदर्शन गर्ने

काठमाण्डौ २७ भदाै/ नेपाललाई हिन्दू अधिराज्य पुनर्नस्थापना गर्ने माग सहित विश्व हिन्दू महासंघले शुक्रबार राजधानी काठमाण्डौमा ऱ्याली निकाल्ने तयारी गरेको छ।...

अव्यवस्थित नारायणी अस्पतालमा गरीबले सहज पाउदैनन उपचार

वीरगंज, २५ भदौ । मौसममा लगातार उतारचढावको कारण पर्सामा बिरामीहरुको संख्या निकै बढेको छ । चर्को घाम, प्रचण्ड गर्मी र उकुसमुकुस...
spot_img
spot_img

सम्बन्धित समाचार

व्यापारीहरूसँग महिनावारी असूल्ने नक्कली प्रहरी पक्राउ

वीरगंज, १५ मंसिर । नक्कली प्रहरी बनेर रकम असुल गर्ने एक जनालाई पर्साबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बाराको आदर्शकोतवाल गाउँँपालिका वडा नं....

आगोमा जलेर बारामा एक महिलाको मृत्यु

बारा । बारामा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका ७ बस्ने राजेन्द्र गिरीका ५५ वर्षीया श्रीमती विन्दा देवी...

छोरा फेल भएपछि आमरण अनसनमा बस्ने चेतावनी

सिराहा, १४ मंसिर । सिरहाको गोलबजार नगरपालिकाले मंसिर ९ गते लिएको परीक्षामा छोरा फेल भएपछि पत्रकार गणेशप्रसाद साहले परीक्षा रद्दको माग गर्दै आमरण अनसनको चेतावनी...

ठोरीमा पर्सा प्रहरीद्वारा १० कठ्ठा गाँजा खेती फँडानी

वीरगंज, १३ मंसिर । पर्सा प्रहरीले ठोरीमा रोपिएको दश कठ्ठामा क्षेत्रफलको गाँजा खेती फडानी गरेको छ । आज दिउँसो जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक...

राजपुरमा सञ्चालित तीनवटा भट्टीमा तोडफोड

वीरगंज, १३ मंसिर । इलाका प्रहरी कार्यालय राजपुर रौतहटले तीनवटा अवैध रक्सी भठ्ठी नष्ट गरेको छ । आज दिउँसो रौतहट, राजपुर न.पा. वडा नं ५ मा...

‘टिकटकमार्फत सामाजिक सद्भाव बिगार्नेलाई कारबाही हुन्छ’ : गृह मन्त्रालय

वीरगञ्ज । नेपाल प्रहरी र टिकटकका अधिकारीहरूबिच सामाजिक सञ्जाल टिकटकको दुरुपयोग रोक्ने विषयमा छलफल भएको छ । टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैर कानुनी सामग्री...