अमेरिका। क्रिसमस परेड भइरहेको बेला कारले ठक्कर दिँदा अमेरिकाको विस्कन्सिन राज्यमा २० जना गम्भीर घाइते भएका छन्। अन्य केहीको मृत्यु भएको हुन सक्ने प्रहरीले बताएको छ।
सो घटनामा आतंककारीको संलग्नता भएनभएको बारे अनुसन्धान भइरहेको छ। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको छ।
घटना के उद्देश्यले भयो भन्नेबारे केही खुलेको छैन। क्रिसमस परेड भइरहेको बेला अन्धाधुन्ध कारले ठक्कर दिएको थियो।
घटनामा मारिएका र घाइते भएकाहरूको एकिन विवरण आएको नआएको अलजजीराले बताएकाे छ।