काठमाडौं । ग्रानडामाथि ४-१ को फराकिलो जित निकाल्दै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।

आइतबार राति सकिएको खेलमा रियलले ग्रानडालाई उसकै मैदानमा हराएको हो। रियलको जितमा चार खेलाडीले गोल गरे। १९ मिनेटमा मार्को एसेन्सोको गोलबाट खाता खोलेको रियलले पहिलो हाफमा थप एक गोल गर्न सफल भयो।

२५ मिनेटमा नाचोले गोल गर्दै रियललाई २-० को अग्रता दिलाए। ग्रानडाका लागि ३४ औं मिनेटमा कोलम्बियन स्ट्राइकर लुइस स्वारेजले गोल एक गोल फर्काएका थिए। तर भिनिसियस जुनिअरले ५६ मिनेटमा गोल गर्दै टोलीलाई ३-१ को अवस्थामा ल्याए भने फ्रान्सेली खेलाडी फर्लान मेन्डीले ७६ औं मिनेटमा गोल गर्दै रियललाई ४-१ को जित दिलाए।

१३ खेलपछि रियलले ३० अंक जोडेको छ। यसअघि ६७ मिनेटमा ग्रानडा मोन्चु रातो कार्ड खाँदै मैदान बाहिरिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय