काठमाडौं । प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको आफ्नो १२ औं खेलमा म्यानचेस्टर सिटीले एभर्टनमाथि ३-० को सहज जित निकालेको छ।
जितसँगै सिटी तालिकाको दोस्रो स्थानमा पनि उक्लिएको छ।
घरेलु मैदानमा भएको एकपक्षीय खेलमा सिटीलाई जित दिलाउन रहिम स्टर्लिङले ४४ मिनेटमा पहिलो गोल गरे। त्यस्तै रोड्रीले ५५ मिनेटमा गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाएका थिए। फेरि बर्नान्डो सिल्भाले निर्धारित समय सकिन चार मिनेटअघि गोल गर्दै सिटीलाई ३-० को जित दिलाए।
१२ खेलबाट सिटीले २६ अंक बनाएको छ भने हारपछि १७ अंकसाथ आठौं स्थानमा छ। एभर्टन लगातार छैटौं खेल जितविहीन भएको हो।