काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप २३८ जनामा कोरोना संक्रमण देखिएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशमा विभिन्न भागमा २३८ जनामा संक्रमण पुष्टि भएको हो।
९ हजार १ सय २३ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ। सो अवधिमा संक्रमणका कारण १ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाबाट ११ हजार ४ सय ९६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ठ हजार १ सय ६४ रहेको छ।