जनकपुरधाम। प्रदेश २ सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ। सरकारमा नेकपा (एकीकृत समाजवादी) दुई मन्त्रालयसहित सहभागी भएको छ।

नेपका (एस)बाट शत्रुधन महतो र प्रमोद कुमार यादव मन्त्री भएका छन्। महतोले पर्यटन तथा वन र यादवले आजै न्याय तथा प्रदेशसभा मामिलामन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेर कार्यभार सम्हालेका छन्।

नेकपा (एस)ले मन्त्रीको टुंगो लगाउन नसक्दा सरकार विस्तार हुन सकेको थिएन। नेकपा (एस)लाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री लालबाबु राउतले आफ्नै दल जनता समाजवादी पार्टीका मन्त्री रामनरेश रायलाई गत साता बर्खास्त गरेका थिए।

नवनियुक्त मन्त्री महतो पूर्वराज्यमन्त्री हुन् भने। प्रदेशसभामा नेकपा(एस)का १३ जना सांसद छन्।

केन्द्रमा बनेको गठबन्धन अनुसार प्रदेशमा जसपा नेतृत्वको सरकारमा कांग्रेस, माओवादी र नेकपा(एस)लाई सहभागी गराइएको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय