काठमाडौं। सुर्खेतदेखि काठमाडौं आउँदै गरेको बस दाङको लमहीमा दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन्। कर्णाली प्रदेश ०२-००१ ख ०२१९ नम्बरको बस अनियन्त्रित भई अगाडिको पट्टा भाँचिएर दुर्घटना भएको दाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हिरालाल रेग्मीले जानकारी दिए।
राति २ बजे भएको दुर्घटनामा घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेकाले कोहलपुर मेडिकल कलेज रिफर गरिएको उनले बताए। घाइतेमध्ये ७ जनाको लमहीकै स्थानीय अस्पतालमा उपचार भइरहेकोमा बाँकीलाई सामान्य चोटपटक मात्रै लागेको जानकारी उनले दिए।
बसमा ३९ जना यात्रु सवार थिए।