सप्तरी। सप्तरीको बोदेबरसाइन नगरपालिका-७ हैठीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

स ६ प ५०६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सप्तरीको खडक नगरपालिका-११ बनौलीका २३ वर्षीय मोहम्मद सहजाद आलम रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका आलमको उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरे पनि उपचारका क्रममा  मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय