काठमाडाै‌ँ। घरेलु रङ्गशालामा टी–ट्वेण्टी शृङ्खलामा बंगलादेशले पाकिस्तानसामू हार बेहोरेको छ। शनिबार ढाकामा भएको दोस्रो खेल आठ विकेटले जितेसँगै पाकिस्तानले तीन खेलको शृङ्खला एक खेल अघि नै जितेको हो।

बंगलादेशले दिएको एक सय नौ रनको सामान्य लक्ष्य पाकिस्तानले ११ बल अघि मात्रै दुई विकेट गुमाएर भेटायो। पाकिस्तानका लागि फखर जमानले नटआउट ५७ र मोहम्मद रिजवानले ३९ रन बनाए। यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा सात विकेट गुमाएर एक सय आठ रन मात्रै बनायो ।

बंगलादेशलाई कम स्कोरमा समेट्न पाकिस्तानका शाहिन अफ्रिदी र शदाव खाँनले २र२ विकेट लिए । तीन खेलको टी–ट्वेण्टी र दुई खेलको टेष्ट शृङ्खला खेल्न पाकिस्तान बंगलादेशको भ्रमणमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय