जुम्ला। जुम्लाको पातारासि गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पातारासि ५ लासीबाट जुम्ला खलंगा आउँदै गरेको भे १ ज ५८८४ नम्बरको बोलेरो जीप ढुँगेधारा नजिकै दुर्घटनामा परेको हो।

शनिबारका दिउसो ३ बजेतिर दुर्घटनामा परि घाइते भएका एक जना नाबालकसहित ९ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। गम्भीर घाइते भएका एक जना महिला र एक जना पुरुषको परिचय नखुलेको प्रहरीले जनाएको छ। घाइते हुने नाबालक पातारासि ५ जप्ना बस्ने वर्ष ६ का पुष्कर विष्टको टाउकोमा चोट लागेको छ।

पातारासि ७ रीनि बस्ने वर्ष १० की ममता बोहोराको टाउको र मुखमा चोट लागेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ। यस्तै पातारासि ३ छुमगाउँ बस्ने वर्ष १९ का रुपा बोहोराको दायाँ हातमा चोट लागेको छ। पातारासि ३ महरी गाउँमा बस्ने वर्ष ४९ का गोर्खवहादुर बुढाको दायाँ, हात र टाउकोमा सामान्य चोट लागेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय