जनकपुरधाम। धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक ३ बर्सिया बालिकालाई बलात्कार गरेको आरोपमा ७५ वर्षीय एक वृद्ध साधु पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय महेन्द्रनगरको अनुसार पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका–६ घर भई ३–४ दिनदेखि सोही मन्दिरमा बस्दै आएका ७५ वर्षीय साधु शिवजी राम रहेका छन्।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक तिलक सुनारले क्षीरेश्वरनाथ नगरपालिका–८ को इच्छापुरस्थित एक मन्दिरमा शुक्रबार बिहान खेल्न गएकी एक बालिकालाई बलात्कार गरेको आरोपमा साधुलाई पक्राउ गरिएको बताए। पीडित परिवारजनले शुक्रबार इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा किटानी जाहेरी दिएको आधारमा साधु रामलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सुनारले बताए।
प्रहरी निरिक्षक सुनारका अनुसार ७५ वर्षीय रामले बालिकालाई मन्दिर प्राङ्गणमा कुनामा लगेर बलात्कार गरेका थिए। रामलाई प्रहरीले पक्राउ गरेर जबर्जस्ती करणी सम्बन्धी कसुरमा मुद्दा चलाएको छ। उनलाई अहिले इप्रका महेन्द्रनगरको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रनि सुनारले जनाए। पीडित बालिकाको स्वास्थ्य परिक्षण गरि परिवारको निगरानीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।