बारा। कात्तिक शुक्ल पूर्णिमाका अवसरमा बाराका दुई फरक-फरक पालिकाभित्र आज सार्वजनिक बिदा दिइएको छ।

बाराको करैयामाई गाउँपालिका र फेटा गाउँपालिकाले कात्तिक शुक्ल पूर्णिमाका अवसरमा आज सार्वजनिक बिदा दिइएको हो।

करैयामाई गाउँपालिकाको वडा नं २ मा रहेको करैयामाई मन्दिरमा र फेटा गाउँपालिकाको वडा नं १ मा रहेको त्रिवेणीमा तथा खैरातियामाई मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका दिन स्नान गरी जिल्लाका विभिन्न शक्तिपीठमा मेला तथा पूजा हुने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको पालिका अध्यक्षहरूले जनाएका छन्।

बिदाका दिन गाउँपालिकाभित्रका सबै वडा कार्यालय, सम्पूर्ण शिक्षण संस्थालगायतका सार्वजनिक संघसंस्था बन्द रहने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय