काठमाडौं। नेपाली महिला क्रिकेट टिम करातविरुद्धको टी–ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ। दोहास्थित वेस्ट इन्ड पार्क रंगशालामा  बिहीबार साँझ भएको खेलमा निरन्तर तेस्रोपटक विजय भएको हो।

नेपालले टी-ट्वान्टी सिरिजमा बुधबार निरन्तर दोस्रो खेल जित्दै  जित पक्का गरेको थियो।

बिहीबार भएको खेलमा नेपालले कतारलाई १ सय ६५ रनको लक्ष्य दिएको थियो। कतारले २० ओभरमा ७ विकेटको क्षतिमा ५५ रन मात्रै जोड्यो। खेलमा कतारकी कप्तान आयशाले १४ बलमा १ छक्का र १ चौकासहित १३ रन जोडेकी थिइन् भने अरुले दोहोरो अंक छुन सकेनन्।

उक्त खेलमा नेपालको तर्फबाट सीता रानामगरले ७२ बलमा ७ चौकासहित ८२ रनमा अविजित रहिन्। योसँगै उनले इन्दु बर्माको ५५ रनको कीर्तिमानी तोडिन्।

कतारसँग जारी ३ खेलको टी–ट्वान्टी सिरिजमा नेपालले बुधबार लगातार दोस्रो खेल जित्दै सिरिज हात पारिसकेको थियो।

सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा कतारलाई ११९ रनले पराजित गर्दै दोस्रो खेलमा ६१ रनको जित निकालेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय