दाङ। बिहीबार बेलुकी रोल्पामा बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। बस दुर्घटना हुँदा घटनास्थलमा तीन पुरुष र एक महिला गरी चार जनाको मृत्यु भएको रोल्पा प्रहरी कार्यालयले जनाएकाे छ।

६ जना घाइतेलाई उद्धार उपचारका लागि अस्पतालमा लगिएको छ। दाङको घोराहीबाट रोल्पाको थवाङतर्फ जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस बेलुका साँढे ६ बजे माडी खोलामा दुर्घटना भएको हो। दुर्घटना स्थलभन्दा तीन किलो मिटर अगाडि रहेको प्रहरी चेक पोस्टका अनुसार बसमा १० जना यात्रु सवार रहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय