काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को तर्फबाट प्रदेश १ को मुख्यमन्त्री बनेका राजेन्द्र राईले आज विश्वासको मत लिँदै छन्। प्रदेशसभाको बैठकमा विश्वासको मत लिने प्रक्रिया अहिले जारी छ।
राई प्रदेशसभाको मंगलबारकै बैठकबाट विश्वासको मत लिने तयारीमा रहे पनि हिजो बैठक बस्न सकेन। नेपाल बन्दलाई कारण देखाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु बैठकमा नआएपछि हिजो स्थगित भएको थियो।
प्रदेश १ को प्रदेशसभामा अहिले ९२ जना सदस्य कायम छन्। जसमध्ये ४७ मत ल्याएमा राईले विश्वासको मत पाउँछन्। गठबन्धनसँग अहिले ५० मत रहेको बताइएको छ।
पाँच दलीय गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका राई गत १६ कात्तिकमा प्रदेश १ को मुख्यमन्त्री बनेका थिए। तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि उनी मुख्यमन्त्री भएका हुन्।