काठमाडौं। साताको चौथौ कारोबार दिन शेयर बजार उकालो लागेको छ। उतारचढावकाबीच केही महीनादेखि घट्दै गएको बजार विस्तारै उकालो लाग्ने क्रममा छ। यसैबीच बुधबार नेप्से परिसूचक २८ सय बिन्दूमाथि उकालो लागेको छ।

यसदिन १६ दशमलव ९५ अंकले शेयरमा बृद्धि भई बजार २८ सय १ दशमलव ५२ बिन्दूमा पुगेर बन्द भएको छ। साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ६९ दशमलव २२ अंक बढेर दुई  हजार ७८४ दशमलव ५७ विन्दुमा पुगेको थियो।

बुधबार सर्वाधिक पञ्चकन्या माई हाइड्रोपावर र अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने बोटलर्स नेपालको शेयर ७ दशमलव ४१ प्रतिशतले घटेको छ। आज ७ अर्ब ३७ करोड ९४ लाख रुपैयाँको ७७ हजार ५१८ पटकमा १ करोड १९ लाख ४३ हजार कित्ता शेयर कारोबार भएको छ।

यसदिन आईसीएफसी फाइनान्स, गुडवील फाइनान्स, ग्लोबल आइएमई समुन्नत स्किम १, एनआईसी एशिया ब्यालेन्स फण्ड र महालक्ष्मी विकास बैंकको शेयरमा उच्च माग रह्यो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय