काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को तर्फबाट प्रदेश १ को मुख्यमन्त्री बनेका राजेन्द्र राईले विश्वासको मत पाएका छन्। प्रदेशसभाको आजको बैठकमा राईले विश्वासको मत पाएका हुन्।

प्रदेशसभामा राईको पक्षमा ५० र विपक्षमा २९ मत परेको छ। आज मतदानमा ७९ जना प्रदेश सांसद उपस्थित भएका थिए। प्रदेश १ को प्रदेशसभामा अहिले ९२ जना सदस्य कायम छन्।

राई प्रदेशसभाको मंगलबारकै बैठकबाट विश्वासको मत लिने तयारीमा रहे पनि हिजो बैठक बस्न सकेको थिएन। नेपाल बन्दलाई कारण देखाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु बैठकमा नआएपछि हिजो स्थगित भएको थियो।

पाँच दलीय गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका राई गत १६ कात्तिकमा प्रदेश १ को मुख्यमन्त्री बनेका थिए। तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि उनी मुख्यमन्त्री भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय