spot_img

spot_img

कर्मचारीले लगाए जानकी मेडिकल कलेजमा ताला

वीरगंज १ मंसिर । आन्दोलनरत कर्मचारीले जानकी मेडिकल कलेजमा तालाबन्दी गरेका छन्। कलेज प्रशासनसँग भएको सम्झौता कार्यान्वयन गर्न दिएको १५ दिने अल्टिमेटमको म्याद सकिएपछि शैक्षिक क्रियाकलाप ठप्प पार्ने भन्दै कलेजको ‘साइन्स’ संकायतर्फ ताला लगाएका हुन्।

कलेजमा वर्षौदेखि भइरहेको अन्याय र श्रमशोषण समबन्धमा समबन्धित सबै निकायलाई पटकपटक अवगत गराइरहँदा समेत विगतमा भएका सम्झौताहरु कार्यन्वयन नभएकाले फेरि आन्दोलन गर्न बाध्य भएको कर्मचारी हकहित संरक्षण संघर्ष समितिका संयोजक कुल्दिप साहले बताए। हामी एक वर्षसम्म रिले अनशन बस्यौँ तर कुनै सुनुवाई नभएपछि बाध्य भएर कलेजको पठनपाठन ठप्प गर्न लागेका हौँ। यदी कलेजले प्रशासनको बल लगाएर आन्दोलनमा हस्तेक्षप गर्यो भने आमरण अनशन बस्न बाध्य हुनेछौँ,’ उनले भने।

कर्मचारी, चिकित्सक र फ्याकल्टी र संचालकबीच तलबभत्ता, संचयकोष, दशैं खर्चलगायतबारे विभिन्न मितिहरुमा भएको सम्झौता कार्तिक ३० गतेभित्र कार्यन्वयन नभए मेडिकलको शैक्षिक लगायतका सम्पूर्ण क्रियाकलाप ठप्प पार्ने आन्दोलनरत कर्मचारीले चेतावनी दिएका थिए।

गत कार्तिक १४ मा आन्दोलनरत कर्मचारीले डिनको कार्यालय त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थान, चिकित्सा शिक्षा आयोग, श्रम कार्यालय जनकपुर र जिल्ला प्रशासन कार्यालय धनुषालाई माग पूरा नभए थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी पत्र पठाएका थिए।

कलेज प्रशासन र कर्मचारीबीच ०७५ फागुन १४, ०७६ जेठ ८ र ०७७ भदौ ३१ गते, जिल्ला प्रहरी कार्यालय धनुषामा ०७७ मंसिर १३ गते भएको सम्झौता कलेजले कार्यन्वयन नगरेर अकारण कर्मचारी निष्कासित तथा स्पष्टीकरण काटिएको विरोधमा कलेजका कर्मचारीहरू कुल्दिप साह र जानकीशरण यादव आमरण अनशनसमेत बसेका थिए।

तर सम्झौता कार्यान्वयन गर्ने लिखित सहमतिपछि उनीहरुले अनशन तोडेका थिए। ती लिखित सम्झौता कार्यान्वयन गर्न कर्मचारीले माग गर्दै आएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका...

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ...

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय,...
spot_img
spot_img

सम्बन्धित समाचार

५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका प्रहरी कार्यालय अमलेखगंजबाट...

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ हटाउने मानसिकताका कारण...

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत कार्यक्रम गरेको छ...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति १०ः३० बजे इलाका...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्ने बताउनुभएको...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय, अमलेखगंजबाट खटिएको प्रहरी...