जनकपुरधाम। प्रचण्डको स्वागतमा दिएको सार्वजनिक बिदाको चर्को आलोचना हुन थालेपछि महोत्तरीको रामगोपालपुर नगरपालिकाका मेयर अशोक मण्डलले पुनः दोश्रो सूचना निकालेर बिदा सच्याएका छन्।
अब नगरपालिकाले मिथिला क्षेत्रमा मनाइने भाइबहिनीको पर्व समाचकेवाको अवसरमा आज र भोलि दुईदिन शैक्षिक संस्था मात्र बिदा रहने जनाएको छ।
आज रागोपालपुर नगरपालिकामा ७ वटा आधारभूत स्वास्थ्यचौकी र एक कोभिड अस्पतालको संयुक्त रुपमा उद्घाटन तथा जनसभालाई सम्बोधन गर्न प्रचण्ड आउँदै छन्।
उक्त अवसरमा मंगलबार नै मेयर मण्डलले एक सूचना प्रकाशित गरी आज (बुधबार)लाई सार्वजनिक बिदा दिएको जानकारी गराएका थिए।
जसको चौतर्फी आलोचना हुन थालेपछि मेयर मण्डलले आज अर्को सूचना निकालेर भूलबस सार्वजनिक बिदा उल्लेख भएको बताएका छन्।
उनले सूचनामा भाइबहिनीको पर्व समाचकेवाको अवसरमा १ र २ मंसिरमा दुई दिन नगरपालिका भित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु मात्र बिदा रहने जानकारी दिएका हुन्।