काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको खेल तालिका सार्वजनिक भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज (मंगलबार) तालिका निकालेको हो।
जसअनुसार पहिलो र दोस्रो चरणका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्। उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र सातदोबाटो आमनेसामने गर्नेछन्। यो खेल ३ मंसीरमा पौने पाँच बजे शुरु हुनेछ।
एन्फाले यसपटक दिउँसोका साथै साँझ धेरै खेलहरू खेलाउनेगरी तालिका निकालेको छ। जसका लागि ‘फ्लड लाइट’ व्यवस्था गरिएको एन्फाले जनाएको छ। पहिलो दिन एक खेल खेलाए पनि दोस्रो दिनबाट दैनिक दुई खेल खेलाउने जनाएको छ।
पहिलो चरणका खेलहरू ३ मंसीरबाट शुरु हुनेछन्। ७, ८ र ९ मंसीरमा भने कुनै खेल हुने छैनन्। यो पटक ‘ए’ डिभिजनमा १४ ओटा क्लबले प्रतिस्पर्धा गर्दै छन्। उपाधि विजेताले नगद ७५ लाख रुपैयाँ प्राप्त गर्ने जनाइएको छ भने उपविजेताले ५० लाख पाउनेछन्। सबै क्लबले आफ्नो तयारी लगभग सकिएको जनाएका छन्।
यस वर्ष सहभागी क्लबहरू
- फ्रन्डस् क्लब
- हिमायन शेर्पा क्लब
- च्यासल क्लब
- जावलाखेल क्लब
- ब्रिगेड ब्याइज क्लब
- त्रिभुवन आर्मी क्लब
- मछिन्द्र क्लब
- एनआरटी क्लब
- नेपाल पुलिस क्लब
- सशस्त्र क्लब
- मनाङ मर्स्याङ्दी क्लब
- थ्रीस्टार क्लब
- संकटा क्लब
- सातदोबाटो क्लब