सर्लाही । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै सर्लाहीको मलंगवा स्थित जिल्ला अदालतमा कानुन व्यवसायी (वकिल)हरुले हातमा कालोपट्टी बाँधेर धर्ना गरी विरोध प्रदर्शन गरेका छन ।

जिल्ला अदालत वार एसोसिएसन सर्लाहीको अगुवाइमा कानुन व्यवसायीहरुले अदालतको मुख्यद्वार अगाडि सोमबार बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म विरोध प्रदर्शन गरे । सर्वोच्च अदालतका प्रधानन्यायाधीश जबराले वर्तमान न्यायपालिका भित्रको विकृति, विसंगति, विचौलिया, भ्रष्टाचार नियन्त्रण गर्न सुधारका लागि वाधक देखिएकोले उनको राजीनामा माग गर्दै केन्द्रीय वारको परिपत्र अनुसार कात्तिक २८,२९ र ३० गते सम्म हातमा कालोपट्टी बाँधेर धर्नामा बस्ने कार्यक्रम रहेको छ । न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध हाम्रो अभियान जारी रहने बताउँदै न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने आफुहरुको माग रहेको अधिवक्ता रामबदन प्रसाद साहले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय