spot_img

spot_img

बाइडेन जिनपिङ वार्ताः अमेरिका र चीन सकारात्मक सम्बन्धका लागि तयार

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भर्चुअल वार्ता भएको छ।

अति नै महत्वका साथ हेरिएको दुई देशका राष्ट्रपतिबीचको भर्चुअल वार्ता जलवायु परिवर्तन सम्बन्धी पक्ष राष्ट्रहरुबीचको अन्तर्राष्ट्रिय सम्मेलन कोप-२६ को दौरान तय भएको थियो।

वार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले ‘अमेरिकासँगको सम्बन्धलाई सकारात्मक दिशातर्फ अघि बढाउन चीन तयार छ’ भनेका छन्।

दुवै देशका राष्ट्रप्रमुखबीच भएको वार्ताअघि के–के विषयमा छलफल गर्ने भन्ने तय गरिसकेपछि वार्ता शुरु भएको थियो। अमेरिकी राष्ट्रपति बाइडेनले जलवायु परिवर्तन सम्बन्धी मुद्दाका अलावा मानव अधिकार र इन्डो प्यासिफिक क्षेत्रका विषयमा चिनियाँ राष्ट्रपतिसँग छलफल गरेका छन्।

यस्तै, चिनियाँ राष्ट्रपति सीले दुवै देशले एकअर्कालाई सम्मान गर्दै ‘हार्दिक सम्बन्ध’ बनाइ राख्नु आवश्यक रहेको बताएका छन्। उनले आफ्ना ‘पुराना साथी’ बाइडेनलाई देख्न पाएकोमा खुशीसमेत व्यक्त गरेका छन्।

वार्ता शुरुवात गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले ‘हामी दुईबीच आजसम्म औपचारिक हिसाबको सम्बन्ध स्थापना भएको छैन। म हाम्रो सम्बन्धलाई औपचारिक हिसाबमा अघि बढाउन चाहन्छु’ भनेका छन्।

बाइडेनले थप भनेका छन्, ‘हामी दुवैले आजसम्म कुराकानी गर्दा हार्दिकता साथ र अत्यन्तै खुलेर गर्ने गरेका छौँ।’ बाइडेनले अर्को व्यक्तिले के सोचिरहेको होला भन्ने बिन्दुमा आफूहरुले वार्तालाई नछोडेका बताए।

दुई देशबीचको वार्ता सकारात्मक होस् अथवा नकारात्मक, तर एउटा ठोस बिन्दुमा पुग्ने गरेको समेत राष्ट्रपति बाइडेनले स्वीकार गरेका छन्।

यस्तै, बैठकमा चिनियाँ राष्ट्रपति सीले दुवै देशले एकअर्कासँग अझै धेरै ‘संवाद’ गर्न आवश्यक रहेको बताउँदै ‘मिलेर’ समस्याको समाधान खोज्नुपर्ने बताएका छन्। सीले विश्वमा देखिएका जलवायु परिवर्तन, कोभिड-१९ जस्ता समस्याको समाधान गर्न दुवै देश मिलेर काम गर्नुपर्नेमा जोड दिएको बताइएको छ।

‘‘मानवीय विश्व समुदायभित्रै हुन्छ र हामी सबैले विश्वमा देखिएका समस्या एकजुट भएर समाधान गर्नुपर्छ। चीन र अमेरिकाले आगामी दिनमा संवाद र सहकार्यलाई अझ बढाउनुपर्छ’’, राष्ट्रपति सीले भनेका छन्।

साइबर सुरक्षा, व्यापार र निशस्त्रीकरण जस्ता विषयमा दुई राष्ट्रपतिबीचको छलफल केन्द्रित भएको बताइएको छ। यस्तै ताइवानबारे बढ्दै गएको समस्याका विषयमा पनि थप छलफल हुने अपेक्षा गरिएको छ।

बेइजिङले ताइवानलाई आफ्नो भूभागका रुपमा दाबी गर्दै आएको छ भने ताइवानले आफूलाई एक स्वतनत्र देश भएको बताउँछ। यता अमेरिकाले ताइवानको सार्वभौमसत्ताको रक्षाका लागि आफू तत्पर रहेको बताउँदै आएको छ।

गत महीना अमेरिकी राष्ट्रपति बाइडेनले चीनले आक्रमण गरेको अवस्थामा आफू ताइवानको सुरक्षाका लागि कदम चाल्न तयार रहेको बताएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे

वीरगंज, २५ असोज । विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ भने शनिबार बिहान ८ः३३ बजे विजया...

नयाँ अन्तरिक्ष केन्द्र फिनल्याण्डमा स्थापना हुने

हेलसिङ्की, २५ असोज । फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले बिहीबार घोषणा गरेको छ...

सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

मुम्बई, २५ असोज : एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्नुहुने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई...

वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो

वीरगंज, २४ असोज । बडादसैं अर्थात नवरात्रको सातौं दिन आज वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको छ । वीरगंजको मुख्य स्थान माईस्थानचोकस्थित रहेको...

सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको कामकाजमा सहजताको लागि प्रिन्टर सहयोग

वीरगंज, २३ असोज । दैनिकी कार्यालयको कामकाज सहज रुपमा होस् भनेर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली...

बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति

२३ असोज, धनुषा। हालैको बाढीबाट मधेश प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेश प्रदेशका ऊर्जा,...
spot_img
spot_img

सम्बन्धित समाचार

नारायणी अस्पतालमा सस्तो मूल्यमा एमआरआई सेवा शुरू

वीरगंज, १५ कात्तिक । वीरगञ्जको नारायणी अस्पतालमा एमआरआई मेसिन जडान गरिएको करिब ६ महिनापछि सेवा सञ्चालनमा आएको छ । नारायणी अस्पतालले गत चैत महिनामै ३० करोड...

वीरगंज पब्लिक कलेजको भवनबाट छात्रले हाम फाले

वीरगंज, १५ कात्तिक । वीरगञ्ज पब्लिक कलेज (बिपिसी) मा अध्ययनरत एक छात्रले क्याम्पसकै भवनबाट हाम फालेर आत्महत्याको असफल प्रयास गरेका छन् । कलेजको कक्षा १२ मा...

सर्राफ हत्या प्रकरणः दशजना पक्राउ, बजार बन्द, अन्त्येष्टि गरियो

बारा १४ कात्तिकः गोली प्रहारबाट हिजो मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको मङ्गलवार हिन्दू परम्पराअनुसार दाह संस्कार गरिएको छ । पसहा खोलमा...

रुपेश हत्या प्रकरणः ६ जना पक्राउ

वीरगंज, १४ कात्तिक । बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक महिलासहित ६ जनालाई पक्राउ गरेको...

कान्छी पत्नीलाई छुरा प्रहार गर्ने पति–पत्नी पक्राउ, सासु, ससुरा फरार

वीरगंज, १३ कात्तिक । कान्छी श्रीमतीलाई छुरा प्रहार गर्ने पति र उनको जेठी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ । फूलपाती दिन कात्तिक ४ गते राती...

पर्साको टिहुकी, भेडिअर्वा नाकाबाट खुलेयाम तस्करी, असुलीमा इन्स्पेक्टर र असई

वीरगंज । पर्साको पश्चिमी ग्रामिण भेगमा पर्नेमा नेपाल–भारत सिमानाकासंग जोडिएको टिहुकी हुँदै खुलेयाम तस्करी भईरहेको पाईएको छ । खुल्ला सीमानाकाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रमा तस्करहरूको...