वीरगञ्ज, २९ कार्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले ३ लाख ४ हजार ७ सय मूल्य बराबरको औषधी तथा हार्डवैयरबम सामाग्री बरामद गरेको छ ।
सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा वीरगञ्ज महानगरपालिकाको ईनर्वा गाउँ, नगवा र लिंकरोड लगायतका विभिन्न स्थानबाट भन्सार छलिका सामाग्री बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद औषधी तथा हार्डवैयर पार्टसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए । बरामद सामाग्रीको मूल्यांकन गरेर वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको खनालको भनाई छ ।