बीरगञ्ज २९ कार्तिक । हुलाकी राजमार्ग अन्तर्गत पर्साको तिलावे नदीमा निर्माणाधीन पुलको निर्माण कार्य आज देखि सुचारु गरिने भएको छ ।
पर्सा क्षेत्र नं. ३ का नेता हरिनारायण रौनियारको पहलमा आइतबार हुलाकी राजगमार्ग निर्देशनालय योजना कार्यालय, वीरगञ्जका प्रमुख र निर्माणको जिम्मेवारी लिएको लुम्बिनी जेभीका प्रतिनिधिको सहभागितामा बसेको बैठकले आगामी ३ दिनभित्र काम शुरु गर्ने सहमति बनाएको थियो तर काम आज बाटै सुरु गरिएको हुलाकी राजगमार्ग निर्देशनालय योजना कार्यालका प्रमुख दरोगा प्रसादले जानकारी दिए ।
पर्साको सदरमुकाम वीरगञ्जलाई ग्रामीण क्षेत्रसँग जोड्ने मुख्य मार्गमा रहेको सो पुल निर्माणमा भइरहेको ढिलाईले पर्साका बासिन्दा नराम्ररी प्रभावित भएका छन् । मुख्य मार्गमा दैनिक घण्टौं जाम लाग्ने गरेको छ । विगतमा कोरोनाका महामारी नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी, निषेधाज्ञा र बर्षाका कारण ढिलाई भएको कामलाई अब गति दिने निर्णय योजना प्रमुखको अध्यक्षता बसेको बैठकले गरेको हो ।
छलफलमा लुम्बिनी विल्डर्सका प्रनितिधिहरु युरोज अर्याल ,नवराज ज्ञवाली, कार्यालयका नायव सुब्बा आशिष गिरीलगायतका प्रतिनिधिहरुको सहभागिता थियो ।