काठमाडौं। पहिलोपटक टी-२० विश्वकपको उपाधि जितेपछि निकै खुशी देखिएका अस्ट्रेलियन खेलाडीहरूले अनौठो तरिकाले जितको उत्सव मनाएका छन्। उनीहरूले खुशीमा जुत्तामा बियर हालेर पिएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आफ्नो आधिकारिक पेजमा उक्त सेलिब्रेसनको भिडिओ हालेको छ।

भिडिओमा पहिले अस्ट्रेलियाका विकेटकिपर ब्याट्सम्यान म्याथ्यू वेडले आफ्नो जुत्ता खोलेर त्यसमा बियर खनाएर खाएको देखिन्छ।

त्यसपछि वेडकै जुत्ता खोसेर अर्का खेलाडी मार्कोस स्टोइनिसले पनि सोही जुत्तामा बियर खनाएर पिएका छन्।

यसअघि विभिन्न खेलको जितमा स्याम्पियन फोडेको देखिएपनि यस किसिमका घटना बिरलै देखिन्छन्।

हेरौँ भिडिओमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय