spot_img

spot_img

अस्ट्रेलियालाई जितका लागि न्युजिल्यान्डले दियो १७३ रनको लक्ष्य

काठमाडौं। न्युजिल्यान्डले आईसीसी ट्वान्टी–२० विश्वकपको फाइनलमा अस्ट्रेलियालाई १७३ रनको लक्ष्य दिएको छ। कप्तान केन विलियम्सनको आक्रामक ब्याटिङ छ। दुबाईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७२ रन बनाएको हो।

कप्तान विलियम्सनले ४८ बलमा तीन छक्का १० चौकासहित ८५ रन बनाए। ओपनर डरेल मिचेल ११ रन बनाएर आउट भएपछि क्रिजमा आएका विलियम्सनले अर्का ओपनर मार्टिन गुप्टिलसँग दोस्रो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए। गुप्टिले २८ रनमा पवेलियन फर्किए। त्यसपछि विलियम्सनले ग्लेन फिलिप्ससँग तेस्रो विकेटका लागि ३७ बलमा ६८ रनको साझेदारी गरे। फिलिफ्स १८ रन बनाएर आउट भए। त्यसलगत्तै कप्तान विलियन्सन पनि ८५ रन बनाएर आउट भएका थिए।

त्यसपछि जेम्स नीसम र टिम सेइफर्टले पाँचौं विकेटका लागि १३ बलमा २४ रनको अविजित साझेदारी गरेका थिए। अष्ट्रेलियाका जोश हाजलेउडले तीन विकेट लिँदा एडम जम्पाले एक विकेट लिए।

न्यूजिल्यान्डले ६ वर्षपछि आईसीसी प्रतियोगिताको चौथो फाइनल खेलेको हो। यसअघि न्यूजिल्याण्डले सन् २०१५ र २०१९ मा एकदिवसीय विश्वकप खेलेको थियो। उसले गत जुनमा भएको टेस्ट च्याम्पियनसिपको फाइनल पनि खेलेको थियो। टेस्टमा भने न्यूजिल्यान्ड टिम विश्व च्याम्पियन बनेको थियो।

आईसीसी एकदिवसीय विश्वकप सबैभन्दा धेरै पाँच पटक जित्ने अस्ट्रेलियाले टी ट्वान्टीमा भने दोस्रो पटक फाइनल खलेको हो। अष्ट्रलेलियाले सन् २०१० मा फाइनल खेलेको थियो। ऊ इंग्ल्याण्डसँग सात विकेटले पराजित भएको थियो। यो खालको पहिलो विश्वकप भारतले सन् २००७ मा पाकिस्तानलाई पाँच रनले हराउँदै जितेको थियो भने दोस्रो उपाधि सन् सन् २००९ मा पाकिस्तानले श्रीलङ्कालाई हराउँदै जितेको थियो। त्यस्तै सन् २०१२ मा वेस्ट इन्डिजले श्रीलङ्कालाई हराउँदै चौथो टी–ट्वान्टी प्रतियोगिता उचालेको थियो भने सन् २०१४ मा श्रीलङ्काले भारतलाई हराउँदै पाँचौं टी–ट्वान्टी उपाधि जितेको थियो।

त्यस्तै सन् २०१६ मा भारतमा भएको अघिल्लो संस्करणको फाइनलमा वेस्ट इन्डिन्जले इंग्ल्याण्डलाई चार विकेटले पराजित गरेको थियो। टी–ट्वान्टी प्रतियोगिताको सर्वाधिक उपाधि जित्ने टिम वेस्ट इन्डिज हो। उसले अघिल्लो सन् २०१६ को संस्करण र सन् २०१२ मा गरी दुई पटक उपाधि उचालेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ...

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

सिमराः आयोजकलाई स्तब्ध पार्दै विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार...

फौज खटाउने देशहरूमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा

काठमाडौं । शान्ति सेनामा नेपाली सेना खटिन शुरू भएको ६५ वर्षमा नेपालले विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८९०...
spot_img
spot_img

सम्बन्धित समाचार

स्वर्णकारलाई गोली प्रहार गर्ने सुटर सुजित सिंह पक्राउ

कलैया, १० पुस । बाराको कलैयामा दिउँसै बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारमाथि गोली प्रहार गरी हत्या भएको घटनाका मुख्य अभियुक्त भारतीय सुटर...

बारा प्रहरीद्वारा एक करोड मूल्य बराबरको प्याज भन्सार चलान

वीरगंज, ९ पुस । जिल्ला प्रहरी कार्यालय बाराले असोजदेखि पुस ५ गतेसम्म एक करोड १ लाख ५८ हजार मूल्य बराबरको प्याज नियन्त्रणमा लिएर वीरगंज...

पर्सामा बाघले मान्छे खायो

पर्सा, ९ पुष । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ थरकट्टीमा बाघको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा थरकट्टी गाँउका बाबुलाल...

महानगरको सडकमा रिफलेक्टर रोड स्टड लाइट बल्न छोड्यो

वीरगंज ९ पुस । वीरगंजको मुख्य सडकको दायाँ बायाँ सडकमा जडान गरेको अधिकांस सडक रिफलेक्टर रोड स्टड लाइट बल्न छाडेका छन् । गुणस्तरहीन ...

नेपाल बिएफएसआई समिट २०२३ सम्पन्न

वीरगञ्ज, ८ पौष/ नेपाल बैंकिङ, फाइनान्स एण्ड इनस्योरेन्स इन्स्टिच्युट र पिएचडी चेम्बर अफ कमर्स एण्ड इनडस्ट्रीको इण्डिया–नेपाल सेन्टरले संयुक्त रूपमा “नेपाल बिएफएसआई समिट २०२३”...

अपहरणमा परेका व्यक्तिको २४ घण्टा नबित्दै प्रहरी निरीक्षक मोहन विक्रम केसीको अगुवाईमा भारतबाट उद्धार ,

  वीरगंज, २० कात्तिक । पर्साको कालिकामाई गाउँपालिकाबाट अपहरणमा परेका एकजना वृद्धको भारतबाट उद्धार गरिएको छ ।   कालिकामाई गाउँपालिका ४ प्रशुरामपुर निवासी ७५ वर्षीय नथुनी साह...