काठमाडौँ। आईसीसी टी–२० विश्व कप २०२१ को फाइनलमा अस्ट्रेलिया र न्युजिल्यान्ड भिड्दैछन्। आइतबार हुने खेलमा न्युजिल्यान्ड ६ वर्षमा आईसीसी प्रतियोगिताको चौथो फाइनल खेल्न लागेको हो।

न्युजिल्यान्डले सन् २०१५ र २०१९ मा एकदिवसीय विश्वकप खेलेको थियो। उसले गत जुनमा भएको टेस्ट च्याम्पियनसिपको फाइनल पनि खेलेको थियो। टेस्टमा भने न्युजिल्यान्ड टिम विश्व च्याम्पियन बनेको थियो।

आईसीसी एकदिवसीय विश्व कप सबैभन्दा धेरै पाँच पटक जित्ने अस्ट्रेलिया एक पटक सन् २०१० मा फाइनलसम्म पुगेको थियो। अस्ट्रेलिया सन् २०१० को विश्व कपमा फाइनलमा इङ्गल्यान्डसँग पराजित भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय