spot_img

spot_img

वृद्धाश्रममै च्याउ खेती, मनग्य आम्दानी

महेन्द्रनगर। मनकारी दाताका सहयोगबाट सञ्चालित कञ्चनपुरको महेन्द्रनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा व्यवसायिक च्याउ खेतीबाट मनग्य आम्दानी गर्न थालिएको छ। वृद्धाश्रमको आयस्रोत बढाउनुका साथै आश्रित जेष्ठ नागरिकका पालपोषणमा सहयोग पुगोस् भन्ने उद्देश्यले लामो समयदेखि यहाँको बनखेतमा रहेको सो केन्द्रमा च्याउँखेती गरिँदै आएको छ।

केन्द्रका अध्यक्ष शारदा चन्दले वृद्धाश्रम सञ्चालनमा आर्थिक रुपले टेवा पुगोस् भन्ने ध्येयले आफूहरु विगत एक दशक यता वद्धाश्रमै च्याउखेती गरिरहेको जानकारी दिए। “वृद्धाश्रमलाई स्थानीयदेखि संघीय सरकारको कुनै नियमित सहयोग छैन्’ उनले भने, ‘दाताहरुको सहयोग र पछिल्लो समय कार्यसमिति नै आयमुलक काममा खटिएर वद्धाश्रम सञ्चालन गरिरहेका छौं।”

डेढ दशकदेखि अधिकारकर्मी चन्दले नेतृत्वले सञ्चालन गरेको वद्धाश्रममा हाल सुदूश्चिमदेखि काठमाण्डौं, भक्तपुर, दाङ्ग र सिराहा लगायतका जिल्लाका गरी ६३ वद्धा आश्रित रहेका छन्। अध्यक्ष चन्दले पछिल्लो समय च्याउखेतीको मौसममा च्याउ बिक्रीबाट तीन लाख रुपैयाँसम्म आम्दानी भएको बताए।

‘‘च्याउखेतीका लागि कृषि ज्ञान केन्द्रबाट सहयोग हुँदै आएको छ” उनले भने, ‘‘यस पटक भने आश्रममा पालेका कुखुरा बेचेर च्याउको बीउ खरिद गरेका छौं।’’ उनले स्थानीय सरकारबाट वृद्धाश्रमलाई सहयोग नभएकोप्रति गुनासो पोखे। “पालिकामा जनप्रतिनिधी आएपछि वृद्धाश्रमलाई दिने रकम नै कटौती भयो,” अध्यक्ष चन्दले भने, ‘हामीले अहिले सामाजिक सञ्जालमा समेत क्याम्पियन चलाएर वद्धाश्रम सञ्चालन गरिरहेका छौं।’’

उनले गत बर्ष सुदूरपश्चिम प्रदेश सरकारले भने वृद्धाश्रमलाई रु पाँच लाख सहयोग गरेको बताए। उनले वृद्धाश्रममा च्याउखेती, कुखुरा पालन र वृद्धाश्रमको चार कठठ खेतमा फलफुल खेती गर्ने तयारी गरिएको बताए। ‘‘च्याउ र कुखुरा खेतीबाट आम्दानी ठिकै भएको छ’ उनले भने, ‘जेनतेन मनकारी दाता, व्यक्तिको सहयोगबाट वद्धाश्रम चलेको छ।’’

वद्धाश्रम सञ्चालनका लागि बार्षिक ४० लाख रुपैयाँ भन्दा बढी रकम खर्च हुने गरेको जनाइएको छ। त्यसैगरी यहाँको बेदकोट नगरपालिका-८ मा रहेको बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्र पनि दाताका सहयोगमा चलिरहेको छ।

‘‘यहाँ जन्मदिन, श्राद्ध लगायतका पुनित कार्यमा आउनेहरुबाट निकै सहयोग भइरहेको छ।” सेवा केन्द्रका उपाध्यक्ष मोहनबहादुर चन्दले भने ‘‘गत बर्ष बेदकोट नगरपालिकाले पनि तीन लाख सहयोग गरेको थियो।”

उनले मुठ्ठिदानबाट सुरु भएको वद्धाश्रमको अवस्था आर्थिक रुपले सबल हुन नसकेको बताए। उनले वद्धाश्रमको व्यवस्थान खर्चका लागि गत बर्ष प्रदेश सरकारले रु पाँच लाख सहयोग गर्नुका साथै संरचना निर्माणमा पनि सहयोग रहेको जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय,...

हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई पुर्पक्षको लागि...

लामो समयदेखि अल्झिएका जलविद्युत् आयोजना तीव्र गतिमा अघि बढ्ने

काठमाडौँ, २४ माघ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजना तीव्ररूपमा अगाडि बढाउने सरकारको प्राथमिकता रहेको बताएका...

९ किलो गाँजासहित तीनजना पक्राउ

वीरगंज, २३ माघ । जिल्ला प्रहरी कार्यालय, बाराले ९ किलो २ सय ग्राम लागू औषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।...
spot_img
spot_img

सम्बन्धित समाचार

सशस्त्र प्रहरी पर्सा द्वारा ३६ लाख मूल्य बराबरको अवैध समान बरामद

धिरज बर्णवाल वीरगन्ज। सशस्त्र प्रहरी पर्साले ३६ लाख बराबरको भन्सार छलिका समान बरामद गरेको छ। सशस्त्र प्रहरी पर्साले पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका-१६ स्थित भुट्न देवी मन्दिर...

ट्रान्सफरमा चोरी गर्ने पक्राउ

बारा, १७ पुस । नेपाल विद्युत प्राधिकरणले जडान गरेको ट्रान्सफरमा पुस १३ गते राति चोर्ने एकजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । बारा सिम्रौनगढ नगरपालिका...

ट्रान्सफरमा चोरी गर्ने पक्राउ

बारा, १७ पुस । नेपाल विद्युत प्राधिकरणले जडान गरेको ट्रान्सफरमा पुस १३ गते राति चोर्ने एकजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । बारा सिम्रौनगढ नगरपालिका...

अमेरिकाबाट नेपाल गाँजा मगाउने तीनजना पक्राउ

बारा, १७ पुस । जिल्ला प्रहरी कार्यालय, बाराले अमेरिकाबाट पार्सल गरी पठाईएको एक किलो गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । विदेशबाट लागु औषध डिलेभरी हुँदैछ...

हैप्पी न्यू इयर २०२४ भन्दै भारतीय पर्यटकहरुको नेपालमा

वीरगंज, १६ पुस । सन् २०२४ का दिन वीरगंज भएर भारतीय पर्यटकहरु उल्लेख्य मात्रामा नेपाल आएर नयाँ वर्ष मनाउंदै छन् । भारतको बिहार,...

तराईको जिल्लाहरूमा चिसो बढेपछि जनजीवन कष्टकर

वीरगंज १५ पुस । तराईको जिल्लाहरूमा घाम नलागी हुस्सु लाग्ने गरेकोले अत्याधिक चीसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ । तराईको जिल्लाहरूमा तीन दिनदेखि घाम...