
२८ कात्तिक,वीरगंज । करेन्ट लागेर सुनसरीमा दुई जनाको मृत्यु भएको छ ।
शनिबार साँझ करेन्ट लागेर मृत्यु हुनेमा ईटहरी उपमहानगरपालिका १० वसियन पार्क बस्ने ४५ वर्षीय धनप्रसाद राई र धनकुटा पाख्रीबास नगरपालिका १० घर भई हाल ईटहरी उपमहानगरपालिका १७ स्थित दिदिको घरमा बस्दै आएको १४ वर्षीय दगेन्द्र तिमल्सिना रहेको प्रहरीले जनाएको छ ।
प्रहरीलका अनुसार घरको पिलर लगाउने क्रममा भाइब्रेसन मेसिनबाट करेन्ट लागेर गम्भीर घाइते भएको राईलाई उपचारको लागि विराट टिचिङ अस्पतालमा ल्याएपनि चिकित्सकले उनलाई मृत घोषित गरेको थियो ।
यस्तै, घर नजिकै रहेको नहरको पानीमा माछा मार्न गएको बेला पानीमै करेन्ट लागेर तिमल्सिना घाइते भएका थिए ।
शनिबार अपराह्न ४ बजेतिर करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेजमा उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।