spot_img

spot_img

रौतहटमा राति कार दुर्घटनामा परेर चार जना भारतीय नागरिकको मृत्यु

रौतहट २८ कार्तिक । रौतहटको यमुनामाई गाउँपालिकाको झुन्खुनवा चोक नजिक शनिवार राति कार दुर्घटनामा परेर चार जना भारतीय नागरिकको मृत्यु भएको छ ।

गौर चन्द्रपुर सड्क खण्ड अन्तर्गत पर्ने यमुनामाई गाउँपालिकाको झुन्खुनवा चोक स्थित पेट्रोल पम्प भन्दा २ सय मिटर उत्तर तर्फ चन्द्रपुरबाट गौर तर्फ आउदै गरेका युके १२ सि २९०० नम्वरको भारतीय नम्वरको स्वीफ्ट कार गए राति १० बजेको समयमा अनियन्त्रित भई दुर्घटना हुँदा चार जना भारतीय नागरिकको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।

अत्याधिक गतिमा गुडिरहेको कार अनियन्त्रित भई पल्टिदा सडक भन्दा २० मिटर छेउमै रहेको पोखरीमा कार डुबेपछि बम नहरमा सुरक्षा चेकजाँचमा रहेका सुरक्षाकर्मीहरु तत्काल घटनास्थलमा पुगेर कारमा रहेका व्यक्तिहरुलाई बचाउन निकै प्रयास गरिएपनि सफल भईएन, उनीहरलाई कारको अगाडीको सिसा फुटाएर निकाल्दा चारैको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विनोद घिमिरेले जानकारी दिए । मृतक चारै जनाको खल्तिबाट आइडी कार्ड बरामद भएपनि उनीहरुको यथार्थ पहिचानको लागि भारतीय प्रहरीलाई तस्वीर सहितको म्यासेज पत्राचार गरिएको बताए । अहिले सम्म उनीहरुको वास्तविक नाम र ठेगाना उल्लेख हुन सकेको छैनन । दुर्घनाग्रत भएको कारलाई गहिरो पानीबाट राति नै प्रहरीले क्रेनको सहाराबाट निकालेका छन् । मदिरा सेवन गरेर गाडी चलाएकोले तिव्र गतिमा आउदै गरेको कार दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाको विषयमा गहन रुपमा अन्सन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे

वीरगंज, २५ असोज । विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ भने शनिबार बिहान ८ः३३ बजे विजया...

नयाँ अन्तरिक्ष केन्द्र फिनल्याण्डमा स्थापना हुने

हेलसिङ्की, २५ असोज । फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले बिहीबार घोषणा गरेको छ...

सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

मुम्बई, २५ असोज : एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्नुहुने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई...

वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो

वीरगंज, २४ असोज । बडादसैं अर्थात नवरात्रको सातौं दिन आज वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको छ । वीरगंजको मुख्य स्थान माईस्थानचोकस्थित रहेको...

सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको कामकाजमा सहजताको लागि प्रिन्टर सहयोग

वीरगंज, २३ असोज । दैनिकी कार्यालयको कामकाज सहज रुपमा होस् भनेर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली...

बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति

२३ असोज, धनुषा। हालैको बाढीबाट मधेश प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेश प्रदेशका ऊर्जा,...
spot_img
spot_img

सम्बन्धित समाचार

विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे

वीरगंज, २५ असोज । विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ भने शनिबार बिहान ८ः३३ बजे विजया दशमीको देवी बिसर्जनको...

नयाँ अन्तरिक्ष केन्द्र फिनल्याण्डमा स्थापना हुने

हेलसिङ्की, २५ असोज । फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले बिहीबार घोषणा गरेको छ । केन्द्रलाई पृथ्वीको नजिकको...

सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

मुम्बई, २५ असोज : एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्नुहुने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई शुक्रबार उहाँको उत्तराधिकारीका...

वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो

वीरगंज, २४ असोज । बडादसैं अर्थात नवरात्रको सातौं दिन आज वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको छ । वीरगंजको मुख्य स्थान माईस्थानचोकस्थित रहेको गहवामाई मन्दिरमा आज...

सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको कामकाजमा सहजताको लागि प्रिन्टर सहयोग

वीरगंज, २३ असोज । दैनिकी कार्यालयको कामकाज सहज रुपमा होस् भनेर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर पर्सालाई डाइनामिक...

बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति

२३ असोज, धनुषा। हालैको बाढीबाट मधेश प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी...