काठमाडौँ। नेकपा एमालेका नेता तथा सांसद झपट रावलले कैलालीमा महाधिवेशन प्रतिनिधि छनोटमा पार्टी सत्ताको घिनलाग्दो दुरुपयोग भएको भन्दै चर्को असन्तुष्टि जनाएका छन् । शनिबार साँझ ट्वीट गर्दै कार्यकर्ताको चुन्ने र चुनिने सार्वभौम अधिकारको चीरहरण भएको उनको आरोप छ।
नेतृत्वले पार्टीको सिद्धान्त जबजको उपहास गरेको समेत उनले बताए । नेकपा एमालेले आगामी मंसिरमा हुने दशौं राष्ट्रिय महाधिवेशनका लागि शनिबार देशभरबाट १९९९ महाधिवेशन प्रतिनिधि चयन गर्दैछ ।
अधिकांश जिल्लामा महाधिवेशन प्रतिनिधि सहमतिमा छनोट भएका छन् । नगन्य स्थानमा मात्रै निर्वाचन हुने देखिएको छ ।