धनगढी। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कैलालीको ९० वडामा सर्वसम्मतले वडा कमिटीसहित क्षेत्रीय प्रतिनिधि चयन भएको छ। जम्मा १२६ वडामध्ये ९० मा सर्वसम्मत रूपमा पदाधिकारी र क्षेत्रीय प्रतिनिधि चयन भएको प्रचार प्रसार संयोजक नृप सुनारले जानकारी दिए।
उनका अनुसार ११ वटा वडामा सर्वसम्मतमा वडा समिति र क्षेत्रीय प्रतिनिधि चयनको प्रयास भइरहेको छ। २५ वटा वडामा भने निर्वाचन भइरहेको उनले जनाए। केही वडामा आजै निर्वाचन भइरहेको र केही वडामा आइतबार निर्वाचन हुने सुनारले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय