वीरगञ्ज, २७ कार्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले १३ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ मा प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले उक्त परिमाण बराबरको मदिरा बरामद गरेको हो । पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको सार्बजनिक यात्रु बाहक बसमा चेकजाँचको क्रममा घरेलु मदिरा बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद मदिरा प्रहरी, जनप्रतिीधि, सञ्चारकर्मी लगायतको रोहबरमा नष्ट गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।