प्रहरीले कटुवा पेस्तोलसहित बाराबाट एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा महागढीमाई नगरपालिका-५ का ३५ वर्षीय मनोजप्रसाद जैसवाल रहेका छन्।
उनलाई प्रहरीले बिहीबार राति खोपवा बजारबाट पक्राउ गरेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए। उनको साथबाट पेस्तोलसँगै एक राउन्ड गोली पनि बरामद भएको मिश्रले बताए।
बारागढी गाउँपालिका-३ स्थित खोपवा बजारमा झगडा भइरहेको स्थानबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो। प्रदेश-३-०२-०१०प ७१२३ नम्बरको मोटरसाइकलमा बसिरहेका जैसवालको तलासी लिँदा कम्मरबाट पेस्तोल बरामद भएको मिश्रले बताए।
प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।