जनकपुरधाम। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आज शनिबार महोत्तरी आउँदैछन्।

महोत्तरीको रामगोपालपुर नगरपालिकामा ८ वटा आधारभूत स्वास्थ्यचौकी भवन र एक कोभिड अस्पतालको संयुक्त रुपमा उद्घाटन गर्न प्रचण्ड आउन लागेका हुन्।

रामगोपालपुरका मेयर अशोक मण्डलले आज मध्यान्ह प्रचण्ड रामगोपालपुर आउन लागेको जानकारी दिए।

मेयर मण्डलका अनुसार रामगोपालपुर नगरपालिकाको १ बाहेक ८ वटा वडाको आधारभूत स्वास्थ्यचौकी र एक वडा कोभिड अस्पताल प्रचण्डले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

तत्पश्चात नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति महोत्तरीले रामगोपालपुरमै आयोजना गर्ने जनसभालाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय